शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • लघु कथा पैसाको मात!

लघु कथा पैसाको मात!

  • शुक्रबार, साउन २३, २०७७
लघु कथा पैसाको मात!
            सुरेशकुमार पान्डे

केहि साथि हरु को माझमा मणिले आफ्नो समरण ताजा गर्छ।हाम्रो अबस्था बिदेशमा दयानिय छ।एक पटकको घटना हो –मणिले भन्दै जान्छ सबै चुपचाप सुन्छन। केटाहो सबै काम सकेपछि खाना खाएर यो होटेल बन्द गरे भन्दै होटेलको मनिजर घर तिर लाग्छ।त्यँहा भयका बेटरहरुलेपनि हौश सर भन्दै आफ्नो काम तर्फ लाग्छन। सबै काम भ्याए पछि आ-आफ्नो खाना लिएर खाँदै थिए मनिजर पनि गैसकेकोछ।अब यँहा दुई तिन जना बेटर मात्रै छन अरु सबै आ-आफ्नो घर गै सके।उनिहरुले भर्खर खाना खानै थालेका थिए केही ब्याक्तिहरु होटेलमा प्रबेश गर्छन।

बेटरले सर.सर होटेल ता बन्द भैसक्यो भन्दै रोक्न खोज्छ तर उनिहरु न देख्या नसुन्या जस्तो गरेर भित्र कुर्चीमा बस्छन। सुन बेटर एक जग पानी र तिनटा गिलास लिएर छिट्टै आइज भन्छ।केगरुन बिचरा त्यँहा बसेकालाई पानी लिएर जान्छ र मेचमा राखिदिन्छ।के गरुन बिचरा परदेशी मज्दुर हुँन।उनिहरु ठुला धनी मन्छे होटेल बन्द भयो भन्दापनि न सुनेको जस्तै गर्छन र बसेकाछन।

रात अधिक भै सक्यो तर उनिहरु निस्किनै मान्दैनन।सबै यता उताका दोकानहरु बन्द भैसके।एक ता मज्दुर त्यहि माथि प्रवाशी के गर्न नै सकिन्थो।धेरै जिद्ध गर्न पनि सकिएन।ए गोर्खा फटा फट स्लाद काटेर ल्याउ भन्दै आदेश दिन्छ!बेटरले स्लाद ल्याएर दिन्छ।हेर भाई हामिले खाना पनि खाएका छैनौँ खाना पकाएर ल्याईदेउ भन्दै आदेश दिन्छ।

गिलासमा रक्सि हाल्दै हामिले खाना यतै खानेहो बुझिस भन्दै अलि चर्को बोल्छ।सर हामिलाई होटेल बन्द गर्ने आदेशछ अनि तरकारी पनि केहिछैन!बेटरले बडो सम्मान पुर्वक बिन्रम भयर भन्छ।छैन भने बना हामिले त खाएरै जाने हौँ भन्दै धमकाउँछ।को कराउस इनिहरु सँग खाना पकाएर ख्वाउँ जान्छन भन्दै आपसमा कुरा गर्छन।खाना पकाउँछन।उता टेबुलमा रक्सिका गिलास खालि हुन्न पिएकैछन।आराम सँग गफ गर्दै रक्सि घोक्दै छन।

बहादुर.बहादुर लगा खान भन्छ उनै मध्य एकजनाले!उस्को जिब्रो राम्ररी लागेको पनिछैन।नसामा धुत छ,आँखा रात रात भएकाछन।एका तिर धनको मात आर्को तिर मदिराको मात यो बेला उनिहरुले जेपनि गर्न सक्छन।गोर्खे यो मेच साफ गर !भन्दै मेचमा भयको गन्दगि देखाउँछ त्यँहा रक्सि पोखिएको थियो आर्कोले।बेटरले केहि नबोली मेचमा कपडा मार्छ,खाना लगाई दिन्छन तर उनिहरुले अँझै रक्सि घोकेकै छन।

रात बित्दै गयो भाईर भुस्या कुकुर हरु बाहेक कोई छैन सुनसान छ।अबेर सम्म गफ गर्दा टेबुलमा राखेका रोटी चिसा हुँन्छन।बहादुर यो रोटि लिएर जा अनि ताता रोटी लिएर आईज!भन्दै रोटी सरकाउँछ।एक दुई पल्ट ता उनिहरुले जन तन रोटी तातो गरेर दिन्छन।पछि उन्को तन्दुर पनि सेलाउँछ।त्यो बेला साना तिना होटेल हरुमा ग्यास राख्ने चलन थिएन।

खाना भट्टिमा वा तन्दुरमा रोटी लागाउँथे।सर हाम्रो तन्दुर बुझि सक्यो अब रोटी लाग्दैन!रोटी कसरी तताउँ?बेटरले भन्छन।म.म.मलाई थाहा छैन हामिलाई त ताता रोटी चाहिन्छन!उनिहरु सबैले भन्छन।सर.सर!के भनिस भन्दै बेटरलाई बोल्नै दिदैनन् अनि ढेकल्छ।म कसरी रोटी तताउँ भन्दै गन-गन गर्छ, त्यो कुर्चि बाट जुरुक्कै उठेर बेटर को नजिक धङ-धङ गर्दै गएर एक थप्ड लगाउँछ।बेटर ले केहि भन्दैन उनिहरुले बेटरलाई छोपेर हात बान्दिन्छन अनि नजिकै उभ्याएको टेक्टर मा बानेर उस्लाई लतार्छन।बेटर रुन्छ गिड गिडाउँछ तर निर्दयि दया नभयका राक्षेशहरुले उस्लाई प्राण न जाँदा सम्म लतार्छन टेक्टरमा।

अनि बोरीमा हालेर जँगलमा फ्याकछन।रातिको समय आफ्नो मन मर्जी गर्छन।बाता बर्ण शुन्य हुँन्छ राक्षेशहरुले धनको र सत्ताको मातमा एउटा निर्दोश असाय मज्दुरको अमानबिय र निर्मम हत्या गर्छन।प्रवासमा नेपाली मज्दुरको आवाज कस्ले सुन्ने उन्को अबिभावक भन्ने कोहिछैन।धनी लाई जति गोर्खालि लाई मार्न सजिलो हुँन्छ त्यती पाल्तु जनावर मार्न सजिलो छैन।यो मुद्धालाई नेपाली एकता समाजले उठाउँछ।तर सत्ताको धन र मातमा एकता समाज समेत लाई धम्काउँछ।

मुद्धा अदालतमा पुग्छ एकता समाज का कार्याक्रताहरु लाई दिनौ दिन धम्कि दिनेकाम गर्छन।निडर निस्वार्थ लडेको लडाईले एकदिन बिजय हासिल गर्छ।त्यो बेटरलाई त जिवत गर्न सकिदैन तर पिडित हरुको पक्षमा फैसला आउँछ।त्यो राक्षेशलाई सजाए र पिडितलाई मुवाजा दिलाउँने काम समाजले गर्छ।
छिमेक मा आफ्ना सन्तान कुकुर बिराला झैँ मरेकाछन तर देश भित्र सरकार कुर्चि खोसा खोसमा तल्लिनछन।के यो संसार लाई देखाएको तमासा होईन?मणिले आफ्नो कथा यहि प्रश्न का साथ टुङ्गाउँछ।७-०८-२०२०(कथा जन चेतनाको लागि हो तर असत्य पनि होईन सम्बन्धित मित्रहरुले यो अपुरा लाग्न सक्छ शंक्षिप्तमा लेख्दा त्यस्तै भयको हुँन सक्छ।समय ठाउँ ब्याक्तिको संख्या भने काल्पनिक हो)

चर्चामा

सम्बन्धित समाचार