मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६० पुग्यो

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६० पुग्यो

  • बुधबार, साउन २१, २०७७
वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६० पुग्यो

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु भएको हो। ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए। उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए। उनी वीरगञ्ज- १५ निवासी हुन्।

उनको साउन १८ गते नमुना संकलन गरिएको थियो। १९ गते उनको कोरोना पोजेटिभ आएको थियो। डा उपाध्यायका अनुसार ती व्यक्ति मधुमेहका बिरामी थिए। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६० पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार