शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • अस्पताल ल्याउँदा–ल्याउँदै मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

अस्पताल ल्याउँदा–ल्याउँदै मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

  • बुधबार, साउन २१, २०७७
अस्पताल ल्याउँदा–ल्याउँदै मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

वीरगन्ज — नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा मंगलबार राति गरिएको परीक्षणमा उनको स्वाब नमुनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जनाए ।

पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई सोमबार पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो । अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

त्यसपछि शव अस्पतालमै राखेर स्वाब संकलन गरी परीक्षणका लागि नारायणीको प्रयोगशाला पठाइएको डा. उपाध्यायले जानकारी दिए । साउनयता पर्सामा १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार