शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • आदिवासीलाई होच्याए बापतको जरिवाना : ८ वटा भैँसी र बाजा

आदिवासीलाई होच्याए बापतको जरिवाना : ८ वटा भैँसी र बाजा

  • आइतवार, साउन १८, २०७७
आदिवासीलाई होच्याए बापतको जरिवाना : ८ वटा भैँसी र बाजा

मलेसियाको बोर्नियो टापुमा बस्ने आदिवासी समुदायलाई अपमान गर्नु एकजना पाकिस्तानी नागरिकका लागि महंगो मात्र परेन जीवनभर बिर्सनै नसक्ने घटना बनेको छ ।  बोर्नियोका आदिवासीलाई अपमान गरेको आरोपमा मलेसियाको एक अदालतले एकजना पाकिस्तानी नागरिकमाथि ८ वटा भैँसी र ८ वटा बाजा जरिवाना गरेको छ । सबाह राज्यस्थित एक स्थानीय अदालतले आमिर अली खान नवटाईले ८ वटा भैँसी र ८ वटा गोंग्स भनिने बाजा तिर्नुपर्ने फैसला गरेको हो ।

गत मे र जुन महिनामा उनले बोर्नियोका आदिवासी समुदायप्रति अपमानजनक टिप्पणी गरेका थिए । आफूले गरेको गल्ती उनले स्विकार गरेको बताइएको छ । उक्त राज्यमा व्यवसाय गरिरहेका ५० वर्षीय आमिरविरुद्धको मुद्दा मंगलबार बाइन्तिन एडुन जिल्लाका प्रमुख कोटा मारुडुको इजलासमा सुनुवाई भएको थियो ।

अरु मानिसहरुले पनि आगामी दिनमा आदिवासी समुदायप्रति अपमानजनक टिप्पणी गर्नबाट हच्किउन् भनेर त्यस्तो सजायँ सुनाइएको उनले बताएका छन् । मलेसियामा स्थायी रुपमा बसोबास गरिरहेका ती पाकिस्तानीले आदिवासी समुदायप्रति के टिप्पणी गरेका थिए भन्नेचाहिँ उनले खुलाएका छैनन् ।  आमिरले एक महिना भित्रमा भैँसी र बाजाको जरिवाना तिर्नुपर्नेछ । अन्यथा उनलाई थप ४ हजार रिंगिट जरिवाना तथा १६ महिनाको जेल सजायँ हुनसक्नेछ ।

स्मरण रहोस् भैँसी र गोंग्स बाजालाई सबाह प्रान्तमा बस्ने आदिवासी समुदायले निकै मूल्यवान सामानको रुपमा लिन्छन् । ती आदिवासी समुदायमा दाइजोका रुपमा समेत भैँसी दिने चलन छ । बहुजातीय मुलुक मलेसियामा जातीय मुद्दा निकै संवेदनशील विषयको रुपमा रहेको छ । सबाह प्रान्त सबैभन्दा विविधताले भरिपूर्ण प्रान्त हो जहाँ कैयौँ आदिवासी समुदायको बसोबास छ । बोर्नियो टापु मलेसिया, इण्डोनेसिया र ब्रुनाई गरी ती नवटा देशमा फैलिएको छ । जुन वन्यजन्तु, वनस्पती मात्र नभै मानव जातीको विविधताले पनि भरिपूर्ण छ ।

–एजेन्सी

चर्चामा

सम्बन्धित समाचार