बुधबार, बैशाख १२, २०८१

धनु!लघुकथा!

  • शनिबार, साउन १७, २०७७
धनु!लघुकथा!
    सुरेशकुमार पान्डे

आज गाउँ भरी हल्लि खल्ली थियो,के भएछ भन्दै एउटी बुढी बोई सँग सेतेले सोध्छ।उ आफु बेलौतीको रुखमा थियो।ए बोई तल किन मान्छे कराछन हँ?उस्ले आश्चार्या प्रकट गर्छ!खै बाबु तल देबीको थानमा चोर पस्यो भन्ने हल्लाछ।त्यतीता मलाई पनि थाहाछैन,उन्ले भन्छिन।बाबु बेलौती पाकेकोछ?उन्ले प्रशङ बदल्छिन।हजूर पाकेकोछ भन्दै चारौटा दाना राम्रो पाकेका बेलौती बोईको फाँदमा खसाल्दिन्छ।उन्ले बेलौतीका दाना फाँदमा राख्दै!घर पुग्दा बित्तिकै ना नातिना बोईले केहि ल्याईछेकी भन्दै मुक ताक्छन।धन्न यो बाबुले बेलौती खसाल्दियो बाँची रहे भाग्यमानी भय भन्दै बुढी बाटो लाग्छिन। तल मन्दीर परीसरमा झन जोड जोड सँग मान्छेहरु कराएको सुनेपपछी सेते बेलौती खान छाडेर तल तिर ओरालो लाग्छ।
कस्ले चोय्रो?यो भगवानको मन्दिर बाट ,यो देवी थानको ढोका फोरेर यस्तो चोरी गर्न सक्ने डाँका को हो?भन्दै पुजारी कराउँछ।घोर कलियुग आयो मन्दिर जस्तो पबित्र स्थान बाट पनि चोरी हुँन थाल्यो!मुख्याले कुरालाई हावा दिँदै थियो।अलि बेर यस्तै कच-कच गर्दै आपसमा एकले आर्काको मुख ताक्दै गर्थे।एउटाले उपुल्ला घरे माईला दिनौ सवेरै आउँछन उन्ले देख्नु पर्ने!भनेर भन्छ।मुखियाको पहिलेई देखि अलि अलि शम्बन्ध ठिक थिएन माईला सँग।मुख्याले बसेर यो सँग बद्ला कसरी लिने भन्दै सोँच्न थालेको थियो।माईला तिमिले ता देखेनौ? चोरलाई उस्ले सोद्छ।देखिन मैले कसैलाई!माईलाले जवाफ दिन्छन।

अहिले जस्तो मौका फेरी मिल्दैन आज जसरी भयपनि यस्लाई फसाउँनै पर्छ!मुख्याले मन मनै सोचेकोछ।अब त्यस्तै प्रकारको माहोल तैयार पार्न थाल्छ।हो माईला लाई सदैभरी बिहान सबेरै मन्दिरमा आएको ता मैलेपनि देख्छु।तर माईलाले देखेन भन्दा अलि ठिक त लागेन मलाईपनि!मुख्याले गम्भिर हुँदै भन्छ।जेहौश चोरको ता पत्ता लगाउँनै पर्छ।तर कसरी पत्तालगाउँने?अब ता हामी सँग एउटा मात्र बिक्लप छ।भन्दै मुखियाले पञ्चायतमा कुरा राख्छ।त्यो सबै त्यो सानो बच्चाले देखेको थियो।करेशा मा बसेर उनिहरुको छलफल सुनिराखेको थियो।
हो अब अन्तिम निर्णय “धनु”लगाउँनु पर्छ।मुख्याको कुरामा सबै सहमत हुँन्छन।ए जेठा तिमिले धनु त लगाउँन जानेकैछौँ।हामी अन्त कसैलाई खोज्नकै लागि जाँदैनौ,यो काम तिमिले गर्नु पर्छ।अब सबैको सोर सल्ला बाट यो काम गर्नै पार्छौ।अब सबैको सल्हा बाट अब धनु लगाउँन त्यैयार छौ भने ढिलो नगरी अब जस्का घरमा त्यो धनु प्रवेश हुँन्छ त्यही चोर हुँनेछ।त्यस पछि पनि समान नमिले उस्लाई ठेडुका ठोकेर जेल हाल्दिनेहो।त्यँहा बसेका सबैले हुँन्छ भन्छन।
उनिहरु लाई केको डर उनिहरु मध्य कसैले चोरेकै छैनन।न चोरेको घरमा धनु जाने कसैलाई बिष्वासपनि छैन।भनेर सबै ढुक्कछन।साँझ तिर जेठाले बाँसको धनु काटेर तैयार पारेका थिए।त्यसको माथि ध्वजा रातो सेतो बाँधेका छन।अनि मन मनै केहो के मन्त्र पढेको झैँ ग्याप ग्याप गर्छन।एकछिन मनमनै गनगन गर्छन र काँपन थाल्छन।
त्यँहा भिड लाग्याछ रामहेर्न लाई सबै गाउँले साना ठुला जुटेकाछन।नजिककै घरका स-सना बच्चा बृद्ध र महिलाहरु समेत घर बाट भाईर निस्केर त्यो तमासा हेर्दैछन।
आखिर चोर को हुँन सक्छ?धनु कस्का घर जान्छ?उनिहरुको चासोको बिषय बनेकोछ।तर मुखिया मन मनै ढुक्कछ,फुरुक्कैछ,मन मनै खुसिछ आज उस्ले एउटा तिरले दुईवटा सिकार गर्न थालेको थियो।माईला लाई केथा त्यो फटाहाको चाल सबैले यो फैसलाको स्वागत गरेकाछन।जेठाले काँप्दै धनु लगाउँदै लगाउँदै ढग-ढग-ढग-ढग गर्दै आखिर माईलाकै घरमा पुग्छ।दनादन भित्र पस्छन अनि तालमा पनि पुग्छन।सबै तलासि लिन्छन।माईला आश्चार्य पर्छन।उनको घरमा केहिपनि भेट्टिदैन तर उन्को निदारमा चोरको मोहोर लाग्यो।
मुख्या मन मनै हर्षित थियो कयौँ बर्षबाटको बदला लिन पाएकोमा आज उ धेरै खुसि थ्यो।उस्ले आज एउटा भाईको हात बाट आर्को भाईलाई निसाना बनाउन सफल भयो।
उसैले रातिनै त्यसमध्यको केहि समान खरवारीमा लुकाएको पछि भेट्टिन्छ।हेर यो माईलाले यस्तो गर्ला भनेर ता मैले सोचेकै थिएन छि कस्तो मान्छे हो यो।लौ-लौ पुलिसलाई खबर गरौँ छिट्टै भन्दै पुलिसलाई लिन मान्छे पठाउँछ।पुलिस आउँछन अनि माईलालाई हत्थकडी लगाएर लैजान्छन।मलाईला निर्दोश हुँदा हुँदैपनि उन्लाई धनुले जेलमा पुराय्रो।अर्को तिर फटाहाले घरमा खुसि मनाएको थियो।यही त्यो धनुको ईतिहाशको तितो कथा थियो।

चर्चामा

सम्बन्धित समाचार