बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • “आजै उठ्छु म” कविता

“आजै उठ्छु म” कविता

  • शुक्रबार, साउन १६, २०७७
“आजै उठ्छु म” कविता

बोकेर कलमको बन्दुक
बनाई अक्षरका गोली
खोलेर त्रिनेत्र यो हृदयको
बालेर सेवाको ज्योति
बनाई मानव धर्मको दियो
लौ आजै उठ्छु म।।

आफ्नो काधॅमा साथ मिलाउदैछु
थोपाथोपा मर्न खोजी राखेका
सपना आशालाई जीवीत तुल्याउदैछु
बटुली यो सुन्दर स्वच्छ पवित्र मनलाई
आफ्नै मुटु छोएर प्रतिज्ञा गरे
खुलेर खुशी खुशीका साथ
म मानव बन्दैछु
प्ररोपकारको कदम फैलाउदैछु
सुनाई यी हात पाखुरालाई
जाॅगर जोस जोगाउदैछु
लौ आजै उठ्दैछु म।।

नदिको पानी पिए
वृक्षको फल खाए
गाईबाट दुध पाए
सुर्यको तापसंगै उज्यालो
चन्द्रमाको छायाॅ अनि मिठो सित
विना आकांक्ष स्वार्थ रहित
तोकेन कसैले मुल्य
झनै सर्वश्रेष्ठ प्राणी एक म
के-के दिउॅ ?
योजना बनाउदै
लौ आजै उठ्छु म।।

रोगीको ओखति हुन
भोकाको खाना नांगोको नाना
कता छ अभाव त्यतै बन्नु छ जबाफ
माटोको रिण तिर्नु छ
आमाको मुहारमा खुशी देखाउनु छ
आझै जीवीत नै छु
यो प्रमाण देखाउनु छ
जन्मीदा पनि अनुहार हेर्नै सकिनन
आफ्नै आमाले ती सुत्केरी व्याथाले
म मरेको खबर एक दिन सबैलाई सुनाउनु छ
लौ आजै उठ्छु म।।
-अनुस्मृति❤️

चर्चामा

सम्बन्धित समाचार