सोमवार, अशोज ५, २०७७
  • होमपेज
  • समाचार
  • बसको ठक्करबाट प्रहरीहबल्दारको मृत्यु

बसको ठक्करबाट प्रहरीहबल्दारको मृत्यु

  • शुक्रबार, साउन १६, २०७७
बसको ठक्करबाट प्रहरीहबल्दारको मृत्यु

चितवनमा बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा३ख १५४७ नंको बसको ठक्करबाट प्रहरी हबल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थापा कार्यालय जानेक्रममा सवार प्रदेश ३–०३–००१प६३२५ नंको स्कुटरलाई बसले विहीबार साँझ ठक्कर दिएको थियोे । गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार