मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • शङ्का !लघु कथा!

शङ्का !लघु कथा!

  • बिहिबार, साउन १५, २०७७
शङ्का !लघु कथा!
                   सुरेशकुमार पान्डे

“भन्छन कतिपयले शङ्काले लङ्का ढलाउँछ।तर वास्तबमा संकाले कयौँका घर वा जिन्दगी पनि बचाउँछ। यस्तै यो कथा पनि त्यसैमा आधारीत छ।”
कार्याक्रम सुरुभएको थियो तर वाग्ले जी स्वदेश जान थाल्नु भएकोले,मणिले उँहालाई बस अड्डा सम्म छोड्न गए।अन्तराष्ट्रीय बस अड्डाको नजिकै भब्य सम्मेलन थियो।स्वदेश ता जान मणिलाईपनि थियो यतै बाट स्वदेश तिर लाग्ने साईतनै सारेर आएको हो।तर उस्ले कार्यक्रम हेरेर जाने निधो गय्रो वाग्ले लाई छिट्टै जानु पर्ने भएकोले कार्याक्रमलाई बिचैमा छाडेर निक्लिनु भयो।
उँहालाई बस मा बसालेर फर्किनै लागेको बेला त्यँहा एउटा चियाको कैन्टिनमा काम गर्ने केटाहरुले त्यँहि नजिकै बेञ्चमा बसेका एउटा अधेड महिला,अनि उस्तै पुरुष,एउटी भर्कर अट्ठार बिस बर्षकी तरुनी केटी सँग कयौँ केटाहरुले हाँसो ठट्टा गरेको जस्तै देख्यो।उनि सबै नेपालीहरु थिए।तर देख्दा बोल्दा नेपाली लागेपनि को काँको हो त्यो थाहा भैन।एकता बसको टेँ-टे घोँ घो आर्को अलि टाडा भयकोले मणिले केहि बुझ्न पाएको थिएन।
अलि बेर त्यो दिश्यालाई हेरेपछि मणिलाई सोध्ने मन लाग्छ!नजिकै गएर हजूर नमस्ते छ है मेरो मणिले ठटौले लहेजामा भन्छ।कोहो र तपाई?अधबैँसे ब्याक्तिले नमस्तेको उत्तर दिदैन प्रश्न राख्छ।म ता को भनौँ एकजना स्याँगजा तिरका मित्र हुँनु हुन्थ्यो उँहालाई बसमा बसालेर फर्किदै छुँ।हजूरहरु नेपाली जस्तै देखेर सोधिहालौँ भन्ने कुरा मनमा पलायो।तर हजूर हरु काँ जाने होत?मणिले सोध्छ।हामि पानीपत जाने हो पंचरङ्ग बजार सुन्नु भाकोछ?
उन्ले सोध्छन!हजूर थाहाछ मलाई मणिले उत्तर दिन्छ।हो त्यँहि हामिले अचार बनाउँने काम गर्छौँ भनेर भन्छन।पहिले हिमाचल तिर बाटो को ठेक्का पनि लिएका थियौँ, अहिले ता पानीपत तिर जानेहो!उस्ले अरु थप्छ।अनि घर काँहा पय्रो त हजूरहरुको?मणिले बुझ्न खोज्छ।
घ..घर?घर त दाङ हो नी!अलि अक मक्किएको जस्तै देखिन्छ।अनि यिनि को त?मणिले त्यो केटी तिर ईसारा गर्दै सोध्छ।उस्ले आफ्नो कपाल कोर्दै घरी काईओ लाई कपालको माथिनै टाँग्थि कहिले फेरी कोर्थी!यो.यो त मेरो छोरी हो!त्यो ब्याक्तिले भन्छ।त्यँहा सिग्रेट ल्याएर त्यो केन्टिनको एउटा केटाले उस्लाई दिँदै थियो।उनिहरु रमाईलो गर्दै हाँसो ठ्टा गर्दै थिए।ति केटाहरु न त उनिहरुको नजिककै हुँन न आफ्ना साहिद नेपालीको नाताले होला खुब ठट्टा चलेको थियो।
त्यो महिँला र पुरुषहरु उनिहरुको ठट्टा हेर्दै खुसि हुँदै गर्दैथे।ति केटाहरुले कहिले चुरोट कहिले चिया दिने गरिरहेको देखिदा उनिहरु मणिको संकाको घेरमा आएका थिए।
अनि घर पनि दाङ घोराही त होईन होला बरु तुल्सिपुर तिर देखेको जस्तो लाग्छ हजूरलाई त!हो हो भाई तुल्सिपुरनै हो भन्दै कस्तो ठ्याक्कै पार्नु भयो।हामिले होटेल गर्दथ्यौँ पहिले भनेर भन्छ।अनि हजुरको घर दाङ हो ?उस्ले मणिलाई सोध्छ।हजूर होनी !मणिले भन्छन।यँहा कहाँ बस्नु भाकोछ ?उस्ले मणिलाई सोध्छ।म नजिकै एउटा सम्मेलनमा आएको थिएँ यँहा एकजाना साथि स्वदेश जान थाल्नु भयको त्यसैले बसमा बसाल्न आएको हुँ।मणिले आफ्नो बारेमा भन्छ।अनि हिँड्नुस नजिकै त हो सम्मेलन! मणिले उनिहरुलाई जान इसारा गर्छ। हजूर जानेता हो तर पानीपतको बस निक्लिन्छ की भनेर टाल मटौल गर्छ।यध्यापी त्यो बेला कस्मिरी गेट बाट दश-दश मिनेटमा पानी पोतका लागि बस हरु गै राख्थे।किन की यो जीटी रोड प्रछ।यँहा बाट अंबाला,कर्नाल,पंचकुला,चण्डिगेट जाने बसहरुपनि पानीपतनै भएर जान्छन।
हिँड्नुस हजूरले पानीपतमा बसेको हुँ भन्नु हुँन्छ धेरै लाई चिनेको बताउँनु हुन्छ त्यँहा बाट थुप्रै साथिहरु आउँनु भयकोछ कार्याक्रमा!भनेर फेरी मणिले उस्लाई भन्छ।उस्ले किन मान्थ्यो उस्को उदेश्य आर्कै थियो मणिलाई धेरै संका लाग्यो।कहिँ यो केटी उस्को छोरी न हुँने र यसलाई कतै दिल्लिको बेस्यालय तिर बेच्छ कि भन्ने संका कताकती लाग्न थाल्यो।
मणिलाई पनि स्वदेश जानु थियो भोली पल्ट पनि उनिहरु त्यँहि थिए।यस पटक मणिका एकजना आफन्ती राज सँगै मणिलाई बस अड्डा छाड्न जानु भयो।मणिले उँहालाई यसको बारेमा बतायो उनिहरुको चाल चलन ठिकछैन यसको पक्का सि आइ डि गर्नु होला भनेर मणि स्वदेशको लागि रवाना हुँन्छ।
केहि दिन पछि त्यो महिला लाई पानीपतकै एकजना ब्याक्तिले किनेको जानकारी आउँछ।त्यो केस अलि ठुलै बन्छ राज लगायत एकता समाजका साथिहरुले त्यो बिक्रि भयकी केटी लाई ठुलो शंघर्ष गरी एउटा कोठी बाट निकालेर स्वादेश पठाएको जानकारी आउँछ।उनिहरु (कथित आमा बा हरु)ले दश हजारमा एउटा ब्याक्तिलाई बेचेर जान्छन जस्को घरमा पहिलैइ जहान बच्चा थिए।जस्लाई निकालेर स्वदेश पठाउँनमा राज,(उक्त ब्याक्तिको श्रिमति समेतले सहयोग गर्छे)लगाएत एकता समाजको महत्व पुर्ण योगदान रहेको छ।
(यो घटना वास्तबिक भयपनि यस्का तमाम पात्रहरुको नाम खुलाईएको कृतिम नाम बाट कथा कोर्दा ठ्याक्कै कसैको नाम मिल्न गयमा क्षामा पार्थि छुँ)

चर्चामा

सम्बन्धित समाचार