शनिबार, बैशाख १५, २०८१

दुलही ( कविता)

  • शुक्रबार, साउन ९, २०७७
दुलही ( कविता)

माइतीमा आधि मात्रै पढेकी छु
न घरकी काममा लगाबै छु
जागीर गर्न इछ्या छ
मनको कुरा कता विसाउने
नसोचे है पियारी
आधी वर्ष तिमी आधी वर्ष म
मिलीजुली पढौला
तिमी रोटीलाई आटो
मिलाउदै गर्नु मै आगो फुकौला

पिर नगरी सुनाउनु मनका रहर
बदमास बानीकी छु नसोच्नु
नजानेको म सिकाउला
जानेको मनचाइदो गर्दै गर्नु
बा आमाको घर छोडे
आफ्नै थर छोडे म परीवर्तन भैसके भनी
मनका रिस दु:ख पिडा सबै
बोकी एकान्तमा नरूनु
त्यी सबै मिलेर सामना गर्नलाई हुॅ म
कहीले घुर्की लगाउनु कहिले धम्की दिदै
ठुस्किएर बस्नु तिमी
कहिले बा हेर्नु मलाई कहिले आमा दाइ बिहिनी
दिदी पनि कहिले अर्धांगीनी बनिदिनु

नदेख्नु पिजडा मेरो घरलाई
आफुलाई थुनिएकी सुगा
नदेख्नु बा आमा मेरा
पराईका जस्ता
नदेख्नु दाजुभाइ दिदीबहिनी मेरा
आहरिस्य जस्तै
घर छोडी उढ्न सक्छौ पहिले जस्तै
माग्न सक्छौ जे चाहीन्छ बाआमा संगै
चलाउन सक्छौ भाइबहिनीलाई
उस्तै खेल्न हास्न सक्छौ सधै

नडराउनु कहिले पनि मनको कुरा लुकाइ
आमा हौ मेरी देवी सरी छौ
पुज्नु पर्ने देवता एक तिमी नै त हौ
बोल्ने छैन अपच शब्द
गिराउदिन कहिले तिम्लाई
आधी आत्म तिम्रो आधी मेरो
एक बनाउला
जति ठुला दुख पनि मिलेर
हास्दै रमाउदै सामना गरौला
तिमी थाके मै हात समाउला
मलाई दुखे तिमी ओखति बनिदिनु
अर्को जुनी छ की छैन
कस्लाई थाहाॅ छ
आजको दिन एक अर्काको
परीपुरक बनौला

चर्चामा

सम्बन्धित समाचार