शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कन्काईको बाढीले फेरि ५० घर डुबानमा

कन्काईको बाढीले फेरि ५० घर डुबानमा

  • बिहिबार, साउन ८, २०७७
कन्काईको बाढीले फेरि ५० घर डुबानमा
झापा गाउँपालिका–७, स्थित राई गाउँमा भत्किएको बाँध मर्मत गर्दै सुरक्षाकर्मी । तस्बिर सौजन्य : सशस्त्र प्रहरी

झापा — कन्काई खोलाको बाढीले झापा गाउँपालिकाका केही बस्तीमा फेरि कटान सुरु गरेको छ । झापा गाउँपालिकास्थित सशस्त्र प्रहरी बल बीओपीका इन्स्पेक्टर सचिन श्रेष्ठका अनुसार कन्काईको कटानले झापा गाउँपालिका ७ स्थित राई गाउँमा बाढी पसेको हो । बाढीले बस्तीका करिब ५० घर डुबानमा परेको छ । ‘बाढीले कटान गरेर गाउँ पसेको खबर आएको छ’, इन्स्पेक्टर श्रेष्ठले भने,‘उद्धार र बाँध मर्मतका लागि घटनास्थलतिर जाँदैछौं ।’

सशस्त्र प्रहरी, सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा बुधबार मात्रै यो ठाउँको बाँध मर्मत गरिएको हो । अघिल्लो पटक जनताको तटबन्धन भत्काएर बाढी पस्दा झापा १ र २ का करिब डेढ सय घर डुबानमा परेको थियो । विस्थापित सबैलाई सेतुमारी र लक्ष्मी प्राविमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार