शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • ‘अबको दुई वर्षभित्र देशका प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था हुन्छ’

‘अबको दुई वर्षभित्र देशका प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था हुन्छ’

  • शनिबार, चैत्र २३, २०७५
‘अबको दुई वर्षभित्र देशका प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था हुन्छ’

‘अबको दुई वर्षभित्र देशका प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था हुन्छ’

काठमाडौं, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्र देशका प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था गर्ने बताएका छन् । देश हरेक दिन एक कदम अघि बढिरहेको बताएका हुन् ।

६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले केही वर्षभित्रै तीव्र आर्थिक वृद्धि भएको देशकारुपमा नेपालको नाम लेखिने बताए । अबको दुई वर्षभित्र देशका प्रत्येक जिल्लामा कृषिबजारको व्यवस्था गरिने भन्दै प्रधानमन्त्री ओलीले कृषकहरुलाई अग्र्यानिक खेतीतर्फ लाग्न सुझाव दिए ।

‘सहकारीको संख्या आधा कम गर्ने योजना’

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीहरु बजारकेन्द्रित भएकाले गाउँका कृषक लाभान्वित हुन नसकेको भन्दै सहकारीहरुलाई गाउँमा केन्द्रित हुन आग्रह गरिन् । सहकारीहरु धेरै भएकाले गाभेर पाँच वर्षभित्र सहकारीको संख्या आधा कम गर्ने योजना रहेको उनले बताइन् ।

चर्चामा

सम्बन्धित समाचार