बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • बिहीबारको मौसम पूर्वानुमान

बिहीबारको मौसम पूर्वानुमान

  • बिहिबार, साउन १, २०७७
बिहीबारको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ ।  पूर्वानुमानमा उल्लेख भए अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ।  यसैगरी, देशभर आँशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानहरुमा हल्का वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ । बिहीबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ । त्यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ । र, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार