शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा १५ बर्षिया बालिकालाइ जवरजस्ती करणीकाे प्रयास

बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा १५ बर्षिया बालिकालाइ जवरजस्ती करणीकाे प्रयास

  • बिहिबार, असार २५, २०७७
बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा १५ बर्षिया बालिकालाइ जवरजस्ती करणीकाे प्रयास

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा न ३ पुडाबाब्ला भन्ने ठाउँमा १५ बर्षिया बालिकालाई जबरजस्ती करणीको प्रयास भएको छ । सोही वडामा कार्यरत कर्मचारी नृप रावतले एक जना बालिकालाई जबजस्तीको प्रयास गरेको गाउँपालिका स्तरिय बाल संजालका अध्यक्ष मिन बहादुर खड्काले बताएका छन । हिजो राती करिव १ बजेतिर बालिका सुतिरहेको अबस्थामा बालिकाको कोठामै गएर बलत्कारको प्रयास गरेको अध्यक्ष खड्काले बताएका छन् ।
रातीको समयमा ३ जना बालिका संगै रहेको अबस्थामा गाउँलेले थाहा पाए पछी गाउँलेहरुले कर्मचारी रावतलाई नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाउने काम भएको बाल संजालका अध्यक्ष खड्काले बडीमालिका खवरलाई बताएका छन् ।

प्रहरीको टोली घटना स्थल गईसकेकोले के कती कारणले हो भन्ने कुरा अनुसन्धन पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । घटनालाई गाउँमै मिलाउन जनप्रतिनिधीहरु लागीरहेको भन्ने कुरा गाउँपालिका बाल संजाल अध्यक्ष खड्काले बताएका छन । घटनाकाे बारेमा बुझ्न प्रहरीकाे टाेली घटना स्थलतिर गएकाे प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार