शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • गाँजासहित एक जना पक्राउ

गाँजासहित एक जना पक्राउ

  • आइतवार, असार २१, २०७७
गाँजासहित एक जना पक्राउ

सुनसरीको कप्तानन्ज प्रहरी चौकीबाट खटेका गस्ती टोलीले आइतबार देवानगन्ज गाउँपालिका–३ पाँचौ सिमरमा १८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । गाँजासहित पक्राउ परेका चुनिलाल सरदार । भारतीय सीमातर्फ जाँदै गरेको को २ ह ६५३७ नम्बरको टेम्पो रोकेर खानतलासी गर्दा गाँजासहित देवानगन्ज बस्ने ४३ वर्षीय चुनिलाल सरदारलाई प्रहरीले पक्राउ गरेको हो । सरदारले युरिया मल प्याकिङ गर्ने प्लास्टिकको बोरामा गाँजाको प्याकेट बनाएर टेम्पोभित्र लुकाएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ परेका सरदारलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत सुनसरीबाट आइतबार नै ७ दिन को म्याद थप गरी कारवाही प्रकृया अगाडी बढाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार