शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बुढिनन्दामा थप २० जना काेराेना पाेजेटिभ थपिए, बाजुरामा संक्रमीतकाे सख्या ५१३ पुग्याे

बुढिनन्दामा थप २० जना काेराेना पाेजेटिभ थपिए, बाजुरामा संक्रमीतकाे सख्या ५१३ पुग्याे

  • आइतवार, असार २१, २०७७
बुढिनन्दामा थप २० जना काेराेना पाेजेटिभ थपिए, बाजुरामा संक्रमीतकाे सख्या ५१३ पुग्याे

बाजुरा — बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालिकामा अाज थप २० जनामा काेराेना पुष्टी भएकाे छ याे संगै बुढीनन्दा नगरपालिकामा ४३ जना संक्रमीतकाे सख्या पुगेकाे छ । अाज देखीएका मध्य बुढिनन्दा नगरपालिकामा ४ महिला र १६  पुरुष गरि जम्मा 20 जना काेराना पाेजेटीभ  देखीएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट गरीएकाे परिक्षणमा २० जनामा काेराेना पाेजेटिभ देखीएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

याे संगै बाजुरामा काेराेना पाेजेटिभकाे सख्या ५ सय १३ पुगेकाे छ । जसमा हाल सम्म सबै भन्दा बढि बुढीगंगा नगरपालिकामा संक्रमीत रहेका छन भने सबैभन्दा कम १/१ जना स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकामा रहेका छन भने अहिलेसम्म हिमाली गाउँपालिकामा भने एक जनामा पनी काेराेना पाेजेटिभ देखीएकाे छैन । संक्रमीत मध्य १२ जना निकाे भएर घरमा गैसकेका छन भने दुइ जना काेराेना संक्रमीतकाे मृत्यु भइसकेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार