बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • समन्वय समिति बाजुराकाे दाेस्राे जिल्ला सभा सम्पन्न, पत्रकार सम्मेलन मार्फत जानकारी

समन्वय समिति बाजुराकाे दाेस्राे जिल्ला सभा सम्पन्न, पत्रकार सम्मेलन मार्फत जानकारी

काेराेना नियन्त्रण तथा राेकथाम पहिलाे प्राथमिकता

  • बुधबार, असार १७, २०७७
समन्वय समिति बाजुराकाे दाेस्राे जिल्ला सभा सम्पन्न, पत्रकार सम्मेलन मार्फत जानकारी

 
बाजुरा — जिल्ला समन्वय समितिकाे दाेस्राे जिल्ला सम्पन्न भएकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे छ । जिल्ला समन्वय समिति भुमिका बिहिन भए पनि सरकारकाे नीति तथा कार्यक्रम अनुसार सभा सम्पन्न गरेकाे समन्वय प्रमुख नरेन्द्र कुमार राेकायाले बताए । काेबिट १९ काे राेकथाम तथा नियन्त्रणका लागि पहल र समन्वय गर्ने गरि सभा सम्पन्न भएकाे प्रमुख राेकायाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । जिल्लाकाे बिकासमा भएका अनियमितता र दुस्त दुरूस्त राख्न समन्वय समितिले मुख्य भुमिका निर्बाह गर्ने गरि सभाले निर्णय गरेकाे प्रमुख राेकायाले बताए ।
त्यसै गरि समन्वय समितिकाे भवन निर्माणका लागि प्रदेश सरकार सघिय सरकारलाई अाग्रह गर्ने लगायतका निर्णय गरेकाे पत्रकार सम्मेलन मार्फत समन्वय प्रमुख राेकायाले बताए । समन्वय समितिकाे प्रशासनिक भवन कर्मचारी तथा पदाधिकारी अावस , समिक्षालय भवन र अतिथि गृह निर्माणका लागि अाबस्यक पहल गर्ने निर्णय सभाबाट पारित गरेकाे समन्वय समितिका प्रमुख राेकायाले बताए । सम्मेलनमा जिल्ला स्थित विभिन्न संचार माध्याममा कार्यरत पत्रकार, समन्वय समितिका पदाधिकारी र कर्मचारीहरूकाे सहभागीता रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार