बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • सञ्चारगृह र सञ्चारकर्मीहरुसग छलफल

सञ्चारगृह र सञ्चारकर्मीहरुसग छलफल

  • मङ्लबार, असार १६, २०७७
सञ्चारगृह र सञ्चारकर्मीहरुसग छलफल

रेडियो बुलेटिन ८९.७ मेघाहर्जले आज रेडियोमा कोभिड १९ का कारण सञ्चारगृह र सञ्चारकर्मीहरुमा पारेको असर बिषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ। छलफलमा पत्रकार महासंघ बागमति प्रदेश महासचिव कृष्ण सारु मगर,पत्रकार महासंघ मकवापुर अध्यक्ष हरी हुमागाई, पत्रकार महासंघ मकवापुर सचिब गणेश दर्पण अधिकारी, प्रेस सङ्गठन मकवापुर अध्यक्ष प्रकाश दाहाल,बानका राष्ट्रिय उपाध्यक्ष उज्ज्वल चौलागाई, प्रेस रजिष्टार कार्यालय बागमति प्रदेशका रेवतिरमण सापकोटा सहभागी रहेका थिए।

कोभिड १९ का कारण धेरै सञ्चारगृहले कार्यक्रमहरु कटौती गर्दा श्रमजीवी पत्रकारहरु त्यसको मारमा परेको सबैको निष्कर्ष रहेको छ।तर सरकारले सञ्चार क्षेत्रलाई पर्याप्त सहयोग नगरेर प्रतिपक्षको ब्यबहार गरेको निष्कर्ष रहेको छ।अबका दिनमा पत्रकार महासंघ , बान, प्रेस रजिष्टार कार्यालय सबैको सहकार्यमा अघि बढे सबैलाई हित हुने बताएका छन्।

रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खातिको  अध्यक्षता भएको कार्यक्रमको  सहजीकरण मसान उपासकले गर्नु भएको थियो।कार्यक्रमको अध्यक्षता गर्दै रेडियो बुलेटिन ८९।७ मेघाहर्जका प्रबन्धक अनिलकुमार खातिले सधै समाजका बिषयमा उठान गर्दै जाने बताए ।

चर्चामा

सम्बन्धित समाचार