शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सहर र गाउँबीच झगडा पार्ने भाले अब रहेन

सहर र गाउँबीच झगडा पार्ने भाले अब रहेन

  • शनिबार, असार १३, २०७७
सहर र गाउँबीच झगडा पार्ने भाले अब रहेन

प्रान्समा एउटा भाले परम्परागत गाउँले जनजीवन तथा आधुनिक सहरीया जनजिवनबीचको तनाव र झगडाको प्रतीक बनिरहेको थियो । तर अदालतमा पारम्परिकता र आधुनिकताबीचको द्वन्दको प्रतीक बनिरहेको उक्त कुखुराको भाले अन्ततः यो संसारबाट बिदा भएको छ । माउरिस नामक उक्त भालेको मृत्यु भएको गत बिहीबार सार्वजनिक भएको छ । पश्चिमी फ्रान्सस्थित ओलेरोन टापुमा बस्ने एक अवकाश प्राप्त दम्पत्ति र सो भालेबीचको कानुनी लडाइँले फ्रान्समा राष्ट्रिय चर्चा पाएको थियो ।

उक्त भाले बास्दा निकाल्ने ठूलो आवाजले आफूहरुलाई दिक्क बनाएको भन्दै ती दम्पत्तिले उजुरी गरे । जसका कारण उक्त कुखुराका मालिक अदालतमा धाउनु परेको थियो । गत वर्षको उक्त मुद्दा फ्रान्समा ग्रामीण परम्परा र सहरीयाहरु बीचको विवाद तथा असमन्जसताको प्रतीक बनेको थियो । रिटायर्ड जीवन बिताउन गाउँमा बसाइ सर्ने तर गाउँको जनजीवन, संस्कार, गन्ध तथा आवाजहरु मन नपराउने सहरियाहरुका लागि उक्त भाले एउटा ठूलो सबक बनेको थियो ।

उक्त भालेका मालिक कोरिन फेसेउका अनुसार माउरिसको ६ वर्षको उमेरमा श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु भएको छ । कोरोना भाइरस महामारीको लकडाउनकै बेला गत मे महिनामै भाले मरेको हो । तथापि महामारीको विद्यमान स्वास्थ्य संकटका कारण आफूले भालेको मृत्युको खबर समयमै सार्वजनिक गर्न नसकेको उनले बताएकी छन् ।

उनी भन्छिन्, ‘मेरो भालेको मृत्युको खबरभन्दा कोभिड-१९ निकै महत्वपूर्ण विषय थियो ।’उनका अनुसार सो भाले एउटा निसान हो, गाउँले जीवनको प्रतीक हो र नायक हो । मृतक भालेलाई उनले आफ्नै बगैँचामा गाडेर अन्त्येष्टि गरेकी छिन्। स्मरण रहोस् सो भालेले अदालतमा आफूविरुद्ध परेको मुद्दा जितेको थियो । अदालतले कुखुराको भाले बास्न पाउनु उसको प्राकृतिक स्वतन्त्रता तथा स्वभाविक कुरा भएको फैसला गरेको थियो ।

एएफपी

चर्चामा

सम्बन्धित समाचार