शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खप्तड छेडेदह
  • खप्तड छेडेदहमा ४७ करोड बजेट विनियोजन

खप्तड छेडेदहमा ४७ करोड बजेट विनियोजन

  • बिहिबार, असार ११, २०७७
खप्तड छेडेदहमा ४७ करोड बजेट विनियोजन

खप्तड छेडेदह गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गरी रु ४७ करोड ५९ लाख ९ सय २७ रुपैया विनियोजन गरेको छ । गाउँपालिकाको ७ औँ गाँउसभा बुधबार संचालनभएको थियो ।

बुधबार भएको बजेत तथा निती तथा कार्यक्रम सहित आगामी वर्षका लागि ४७ करोड ५९ लाख ९ सय २७ रुपैया विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको चालु तथ पुँजीगत खर्च गरी सो रमक विनियोजन गरिएको हो । यस वर्ष गाउँपलिकाले कृषि, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमकिता दिएको छ । सातौ गाउँसभा बाट एक वडा एक उत्पादन कार्यक्रमलाई अगाडी सारेको छ ।

जुन वडामा जे उत्पादन हुन्छ सोही वडालाई उत्पादित वस्तुको पकेट बनाउने कार्यक्रमलाई अगाडी सारेको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले यसै आर्थिक वर्षमा गाउँपलिकाले एक वडामा एक नमुना विद्यालय कार्यक्रमलाई पनि प्राथमिकताका साथ अगाडी बढाएको छ ।

चर्चामा

सम्बन्धित समाचार