सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • राज्यकाे ध्यान नजाँदा डाब खप्तड सडक अस्तब्यबस्त

राज्यकाे ध्यान नजाँदा डाब खप्तड सडक अस्तब्यबस्त

  • मङ्लबार, असार २, २०७७
राज्यकाे ध्यान नजाँदा डाब खप्तड सडक अस्तब्यबस्त

बाजुराको डाब खप्तड सडक सुधारमा सरकारकाे ध्यान नजाँदा सड्क अस्तब्यस्त बनेको छ । डाब बजार देखी काँडा सम्म जाने सडक सुधारमा कसैको ध्यान नजादा सडकमा खाल्डा खुल्डीले गर्दा यातायात सञ्चालनमा समस्या आएको उद्योग बाणिज्य संघ बाजुराका सदस्य हंश बहादुर सिंहले वताएका छन् ।
जिल्लामै अलि पुरानो डाब खप्तड सडक् भएपनि शुधारका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघ सरकारको ध्यान जान सकेको छैन् । उक्क्त सडक खण्ड बाट खप्तड जान मात्र नभइ बुढिगंगा नगरपालिका ९ र १० खप्तड छेडेदह गाँउपालिका १, २ तथा साबिकका काँडा र जयबागेश्वरीका बासिन्दालाई प्रत्यक्ष लाभाबिन्त हुने रहेको छ ।
पटक पटक सड्क सुधारका लागि पहल गर्दा पनि सरकारले ब्यवास्ता गरेको डाब बजारमा ब्यबसाय गरिरहेका ब्यापारि गोरख बहादुर सिंहले वताएका छन् । गएको बर्ष ब्यापारि र स्थानियहरुले पंशा संकलन गरेर सडक बनाएको उनले वताएका छन् । ७ किलोमिटर पार्न गर्न पनि २ घण्टा बढि समय लाग्ने गरेको ब्यापारिले वताएका छन् । डाब बजारको उकालोमा त गाडि तानेर लिने गरेका छन् । डाब बजारको जिरो प्वान्ट देखी ४ किलोमिटर सालको रुखहरु फडानी गरेर सडक लिइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार