बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • जन्मेदेखी १९ बर्षको उमेर सम्म ओछ्यानमै अलपत्र (भिडियो सहित)

जन्मेदेखी १९ बर्षको उमेर सम्म ओछ्यानमै अलपत्र (भिडियो सहित)

  • सोमवार, असार १, २०७७
जन्मेदेखी १९ बर्षको उमेर सम्म ओछ्यानमै अलपत्र (भिडियो सहित)

गौमुल गाँउपालिका ६ घटमुना बस्ने १९ बर्षका भुवन बुडथापा जन्मेदेखी ओछ्यानमै अलपत्र अबस्थामा छन् । उनि जन्मेदेखि न बस्न सक्छन्, न हिडडुल देखी राम्रो सँग बोल्न समेत सक्दैनन् ।
भुवन दिशापिसाब शरिरमै गर्छन्, अली अली घिस्रने भन्दा बाहेक अरु उनि यताउता जान सक्दैनन् । कान शुन्ने भएपनि राम्रो सँग बोल्न समेत सक्दैनन । शरिरका अंगहरु छन्, हात खुट्टा पनि छन्, तर चल्दैनन्, भुवनका बुवा चन्द्र बहादुर बुडथापाले वताएका छन् । चन्द्रले भने छोराको पुरै शरिर अपांग रहेको वताए ।
उनले उपचारका लागि भएको सम्पत्ति बिक्रि गरेर भारतमा लगेपनि तर उनि हिडडुल, बोल्न सक्ने नभएको भुवनका बुवाले वताए । उनले भने ३ लाख भारु जति खर्च गरिसके तर उसलाई कुनै सुधार नभएर अहिले घरको बिस्तरामा थन्काएको वताए । शरिरमै दिशापिसाब गर्छ, त्यस्को स्याहार गर्ने कोही छैन्, आफुले काम गर्न जानु पर्छ अलपत्र अस्थामा रहेको उनले वताए ।
संघ सस्था पत्रकार आएर फोटो खिच्ने मात्र काम गर्छन्, सहयोग कोही गर्दैन्न । चन्द्रले भने । मासिक अपांग भत्ता २ हजारका दरले पाँउने गरेको भएपनि त्यो भन्दा बाहेक कतै बाट सहयोग नभएको परिवारले वताएका छन् । चिकित्सकले अलि पैशा खर्च गर्यो भने हिडडुल गर्न सक्ने बताएको भएपनि पैशा नभएर १८ बर्षको उमेरमा ओछ्यानमै अलपत्र अबस्थामा रहेको परिवारले वताएका छन् ।
१९ बर्षका भुवन बोल्न अलि अलि सक्छन्, नाम भन्न सक्छन्, तर उनलाई उमेर समेत जानकारी छैन् । बुवा र आमाको नाम अलि अलि भन्न सक्छन्, कोही नयाँ मान्छे आएमा उनि आफ्नो दुख र कथा भन्ने खोज्छन्, सहयोग गरीदिन आग्रह गर्छन् । आर्थिक अभाबले राम्रो लुगा समेत लगाउन पाँउदैनन् ।

चर्चामा

सम्बन्धित समाचार