बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिदेशी को बिष लाई कसैले डोल्न नपावस (गजल)

बिदेशी को बिष लाई कसैले डोल्न नपावस (गजल)

  • आइतवार, जेष्ठ ३२, २०७७
बिदेशी को बिष लाई कसैले डोल्न नपावस (गजल)

अब राष्ट्रियता बिरुद्ध मोर्चा खोल्न नपावस,
कोई अखण्ड देशको बिरुद्ध बोल्न नपावस।

हिमाल पहाड र तराई कोई छैनन् यँहा पराई,
बिदेशी को बिष लाई कसैले डोल्न नपावस।

अन्याय अत्याचारको बिरोधमा बोल्न पाउँछ,
तर कु नियतले देश को ध्वज पोल्न नपावस।

यो सयौँ जात भाषाको अखण्ड देश भित्र मा,
अंग्रेजले एम सी सी को बिष घोल्न नपावस।

जनता अनि नेता नङ र मासु जस्तै बने पछि,
बिदेशी शक्ति हामिलाई कत्ति तोल्न नपावस।

रोजगारको ब्यबस्था गर अब सरकार देश मा,
खान लाउनलाई रगतले माटो मोल्न नपवास।
सुरेशकुमार पान्डे।१४-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार