सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा ५ हजार २ सय २३ जना क्वारेनटाइनमा, कुन तहमा कति जना सुचि सहित

बाजुरामा ५ हजार २ सय २३ जना क्वारेनटाइनमा, कुन तहमा कति जना सुचि सहित

  • सोमवार, जेष्ठ २६, २०७७
बाजुरामा ५ हजार २ सय २३ जना क्वारेनटाइनमा, कुन तहमा कति जना सुचि सहित

बाजुरा — बाजुरा जिल्लाका नौ ओटै स्थानीय तहमा गरी ५ हजार २ सय २३ जना क्वारेनटाइनमा रहेका छन् । बाजुरा जिल्लामा हाल १ सय ५३ ओटा क्वारेन्टाइनमा रहेका छन । हाल सम्म बाजुरामा भारत बाट मात्र ४ हजार ३ सय १८ जना आएर  न्टाइनमा बसेका छन् ।
जिल्लाका स्थानीय तहमा रहेका क्वारेन्टाइनमा २१ जना सुत्केरी, १ जना अपाङ्ग र ४ सय ४७ जना बालबालिका रहेका छन भने ६७ जना जेष्ट नागरीक क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जसमा महिला १ हजार ३ सय ३२ जना र पुरुष ३ हजार ८ सय ३१ जना क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन् ।
बाजुरा जिल्लामा सबै भन्दा बढि क्वारेन्टाइनमा बस्ने बुढिगंगा नगरपालिकामा रहेका छन सो नगरपालिकामा १ हजार ३ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसै गरी त्रिबेणी नगरपालिकामा १ हजार ३४ जना खप्तड छेडेदह गाउँपालिकामा गाउँपालिका उपाअध्यक्ष सहित १ हजार १ सय ४७ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यसै गरी बडिमालिका नगरपालिकामा २ सय ८८ जना बुढिनन्दा नगरपालिकामा २ सय १९ जना गौमुल गाउँपालीकामा ३ सय ६४ जना स्वामीकार्तिक खापर गाउँपालिकामा २ सय ७७ जना र हिमाली गाउँपालिकामा ३ सय ४ जना गरी ५ हजार २ सय २३ जना क्वारेन्टाइनमा रहेका  स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार