सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • जनताको हैन,पार्टिको काममा कर्मचारी

जनताको हैन,पार्टिको काममा कर्मचारी

  • सोमवार, जेष्ठ २६, २०७७
जनताको हैन,पार्टिको काममा कर्मचारी

निमेन्द्र शाही — निजामती सेवा नियमावली, २०५०को १५औं संसोधन परिच्छेद ( १६, विविध ११७ क बमोजिम गरीत निजामती कर्मचारीको ट्रेड युनियन (१) ऐनको दफा ५३ को उपदफा (२) को खण्ड (क) बमोजिम गठन हुने समितिका सदस्यहरुको हरुको हकमा यस परीछेदमा को नौ नम्बर बुदाले टेूड युनियनको सदस्य भई रहेको निजामती कर्मचारी कार्यालय प्रमुख भएमा निजको ट्रेड युनियनको सदस्यता स्वतःनिस्कृय हुनेछ र ट्रेड युनियनमा निजको मताधिकार रहने छैन ।

उल्लेख भए पनि बाजुराका केही कार्यालय प्रमुख ट्रेड युनियनको पदाधिकारी रहेको खुलस्त परीचय दिएर सरुवा बडुवागरी दिने आस्पासन समेत बाँड्न भ्याउँने गरेका छन्। उनिहरु बाजुरामा आएर पार्टीले खटाएको राजनितिक प्रतिनिधीझै खुलमखुला राजनिती गरीरहेका छन्। उनिहरुको जनताको कामको र सरकारका योजनालाई सफल पार्नको साँटो आफु आबद्ध पार्टिको प्रचार र संगठन बिस्तारमा लागेका देखीएका छन्।

केही साता अगाडी जगन्नाथ गाउँपालिकाको जुड्डीमा गएको एक कार्यालय प्रमुखको हुँललाई त्यहाँका गाउँपालिका अध्यक्षले पालिको कार्यालयमा रात्रिकालीन बास मागेर त्यहाँ कार्यरत कर्मचारीलाई संगठीत गर्ने उदेश्य लिएको भन्दै अड्डा जमाउँन नदिएको खबर प्राप्त भएको छ। त्यसको केही दिनमा नेकपा संम्बद्ध संगठनहरुले कर्मचारीहरुले जिल्लामा जनताको काम राजनितिक आस्थाको आधारमा बिभेद भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाजुरामा चेतावनि मुलक ज्ञापन पत्र बुझाएको थियो।

त्यसलाई प्रतिकार गर्ने गरी तल्लो तहका कर्मचारीको नाम उल्लेख गर्दै नेपाली काँग्रेसका कार्यक्रताले समेत प्रसाशन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए। तर कार्यलय प्रमुखनै बनेकाहरु निश्चित पार्टि बाट टिकट लिएर ट्रेड युनियनका पदाधिकारी जितेकाले आफ्नो निर्बाचित पदलाई सम्झेर आफै पार्टि समाली रहेको छु जस्तो गर्ने गरेका छन्।

त्यस कारण कार्यलय प्रमुख भन्दा बढी उनिहरु आन्तरीकरुपमा पार्टिका कृयाकलापमा चिन्ता गर्ने गरेको छरपष्ट देखीन थालेको छ। ‘जिल्लामा जनतालाई दुख दिएर, आफै पार्टिको नेताहुँ र मैले पार्टी जोगाउँनु पर्छ भन्ने दम्ब राख्ने कर्मचारीलाई बाजुराली जनताले जनकारबाही गर्ने छन्।,

उनिहरुले सरकारको निति कार्यक्रम सफल पार्न अहोरात्र खटीने बेला हो, बिश्वमा फैलिएको महाँमारीको बेला समेत उनिहरु उदाङ्गो हुँने गरी भ्रष्टाचारका योजना बुनिरहेका छन्, करोडौं रकम बेक्ती पिछे पेश्की भनेर चलाएका छन्, नत तिनका बिलहरु भेटीन्छन् नत कामनै गरेका देखीन्छन् यस तरीकाको काम हो भने त्यसको नतिजा खेप्न उनिहरु स्वयम तयार हुँनु पर्ने हुँन्छ।’ नेकपा बाजुराका नेता गगन रावलले बताए।

चर्चामा

सम्बन्धित समाचार