शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • परिवार भेट्न नपाई कारेन्टाइनबाटै अस्ताए

परिवार भेट्न नपाई कारेन्टाइनबाटै अस्ताए

  • शनिबार, जेष्ठ २४, २०७७
परिवार भेट्न नपाई कारेन्टाइनबाटै अस्ताए

दुखद खवर बाजुरा जिल्लाको खप्तड छेडदह गाउँपालिकामा एक जनाको शनिबार बिहान क्वारेन्टाइनमा मृत्यु भयो । उनी के कती कारणले मृत्यु भएको भन्ने कुरा फरक कुरा हो । जव बिपत पर्छ मान्छेले आफन्त घरपरिवार गाउँ समाज सम्झीन्छ । खप्तड छेडेदह गाउँपालिका वडा न ७ का एक जना २५ बर्ष अगाडी भारत गएका थिए र उनले घरपरिवार सम्झेर घरमा आफन्तसंग भेटौला सुख दुख गरौला भन्ने सोचेर आए होलान । तर त्यो सपना उनको क्वारेन्टाइन भित्र सकियो । एका बिहानै उनी आफनै बाटो लागेको खवर घरसम्म पुग्यो ।
उनी जेठ १५ गते भारतबाट आएर गाउकै बिद्यालयको क्वारेन्टाइनमा बसेका बसेका थिए ।
उनले जानुपर्ने रहेछ हिजो साझ देखी खाना पनी खाएनन एकाएक बिरामी भएर उनी आफ्नो बाटो लागे । मृतकको कोरोना परिक्षणका हुन बाकी छ । स्वाव संकलन गरेर धनगढी पठाउने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन । उनी संगै साे ठाउँमा रहेका  क्वारेन्टाइन ५९ जना लाइ पनी छाेडेर गए । उनले गाउँमा कसैलाइ पनी भेट्न नपाएरै फर्कीए ।

चर्चामा

सम्बन्धित समाचार