बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • खप्तड छेडेदह र बुढिगंगामा एक/एक जना र त्रिबेणीमा २ जनामा आरडिटी पोजेटीभ

खप्तड छेडेदह र बुढिगंगामा एक/एक जना र त्रिबेणीमा २ जनामा आरडिटी पोजेटीभ

  • बिहिबार, जेष्ठ २२, २०७७
खप्तड छेडेदह र बुढिगंगामा एक/एक जना र त्रिबेणीमा २ जनामा आरडिटी पोजेटीभ

बाजुरा– बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा पनी एक/एक जनामा आरडिटी पोजेटिभ देखीएको छ । बाजुरा जिल्लाका सबै स्थानीय तहमा आरडिटी चेक गर्ने क्रममा खप्तड छेडेदह गाउँ पालिकामा १ जना र बुढिगंगा नगरपालिकामा १ जना र त्रिबेणी नगरपालिका २ जनामा कोरोना आरडिटी पोजिटीभ देखीएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् । त्यसै गरी बडिमालिका नगरपालिकाको मालिका माध्यामिक बिद्यालयको क्वारेन्टीनमा गरीएको परिक्षणमा ३५ जनामा आरडिटी पोजेटिभ देखीएको बडिमालिका नगरापालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताएका छन । यता स्वास्थ्य कार्यालय बाजुराले भने ३६ जनाको पोजेटिभ देखीएको जनाएको छ । बाजुरा जिल्ला भरी गरीएको परिक्षणमा ४० जनामा कोरोना आरडिटी पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार