बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • सोती घटनाका आरोपितलाई १० दिन म्याद थप

सोती घटनाका आरोपितलाई १० दिन म्याद थप

  • बिहिबार, जेष्ठ २२, २०७७
सोती घटनाका आरोपितलाई १० दिन म्याद थप

रुकुम पश्चिम — सोती घटनाको आरोपितलाई १० दिन म्याद थप गरेर अनुसन्धान गर्न रुकुम जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । रुकुम जिल्ला अदालतबाट म्याद थप भएपछि आरोपितहरुलाई जिल्ला प्रहरीतर्फ लगिँदै । तस्बिरःहरि गौतम/कान्तिपुर
प्रहरीले ११ दिनको म्याद थपको माग गरेकामा १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश भएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहोराले बताए । सोती घटनामा संलग्‍न भएको भन्दै प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जना हिरासतमा छन् । पीडित परिवारले २० जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् । जाहेरी परेकामध्य २ जना अझै फरार छन् ।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दिप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको उक्त घटनामा मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार