शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • अब लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।

अब लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।

  • मङ्लबार, जेष्ठ २०, २०७७
अब लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।
मन्त्रीहरु र नेताहरूको मनपरि ? अब लकडाउन लम्ब्याउने हो भने नागरिकहरूको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।

अब लकडाउन लम्ब्याउने हो भने बाहिरी मुलुकहरू जस्तै नागरिकहरुको पालनपोषण र खातामा पैसा आदि आदि जस्ता सम्पुर्ण जिम्मेवारी राज्यले लिनुपर्छ।

प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु र सांसदहरूलाई मन्त्रीपरिषद बैठक, सुरक्षापरिषद बैठक, प्रतिनिधि सभा बैठक, प्रदेश सभा बैठक, सर्वदलीय बैठक र स्थायी समिति बैठक आदि आदि जस्ता बैठकहरु बस्न्लाई लकडाउन लागु नहुने ? सर्वसाधारण नागरिकहरुलाई मात्र लकडाउन हो। सर्व साधारण नागरिकहरूले मात्र कष्ट र पिडा झेल्नुपर्ने होइन र ? अब मन्त्रीहरू र नेताहरूको अन्याय र अत्याचार अति नै भयो ।
लकडाउनमा सर्व साधारण नागरिकहरूलाई मात्र कडाइ गरेर समस्या समाधान हुन्न ? लकडाउनको कानुन र नियमहरु बनाउनेले पनि उल्लंघन गरेमा पनि कार्वाही हुनुपर्छ ।लकडाउनमा हत्या, हिंसा र कालोबजारी बढेको छ ।

लकडाउनको समयमा मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु र नेताहरूले प्रतिनिधि सभा बैठक, सर्वदलीय बैठक, स्थायी समिति बैठक, मन्त्रीपरिषद बैठक र सुरक्षापरिषद बैठक आदि आदि जस्ता बैठकहरुको बैठक भत्ता लिने गरेको छ की छैन ?

लकडाउन भनेको छ कडाइ गर्ने मात्र भनिएको छ । लकडाउनका कारण थुप्रै कठिनाइ र जोखिम आउने स्थिति देखिएको छ । यसको निकास र समाधान के ?
क्वारेन्टाइनमा बस्ने नागरिकहरु माथी लापरबाही भइरहेको जनगुनासो पनि आइरहेको छ । क्वारेन्टाइनमा बस्न मानेनन किन ? क्वारेन्टाइन बाट भाग्नुको कारण के ? क्वारेन्टाइन व्यवस्थित र क्वारेन्टाइनमा सेवा सुविधाहरु हुन आवश्यक छ ।

कोरोना भाइरसले भन्दा नागरिकहरुलाई चिन्ताले बढी सताएको छ । मानिसलाई रोगले भन्दा शोक र चिन्ताले बढी गलाएको छ।   लकडाउन पश्चात झनै कोरोना संक्रमित र मृत्यु संख्या बढेको देखियो । रोग निर्मुल कहिले पनि हुँदैन यसकारण अब सुरक्षित ढंगले नागरिकहरुले आफ्नो सुरक्षा आफै गर्ने हो । लकडाउन मात्र समस्याको समाधान होइन।
स्वतन्त्र नेपाली नागरिक:
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२
मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७

चर्चामा

सम्बन्धित समाचार