शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • लोक सेवाले सार्वजनिक गर्‍यो सहसचिवको अन्तरवार्ता तालिका

लोक सेवाले सार्वजनिक गर्‍यो सहसचिवको अन्तरवार्ता तालिका

  • मङ्लबार, जेष्ठ २०, २०७७
लोक सेवाले सार्वजनिक गर्‍यो सहसचिवको अन्तरवार्ता तालिका

काठमाडौंं । कोरोना संक्रमण जोखिमका कारण पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरेको लोक सेवा आयोगले पुनः परीक्षा लिने प्रक्रिया थालेको छ ।

आयोगको सोमबार बसेको बैठकले सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरेको छ । सहसचिवको अन्तरवार्ताबाहेकका परीक्षाहरु भने यसअघि नै सम्पन्न भइसकेको थियो ।

प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धातर्फ असार २ गतेदेखि १२ गतेसम्म अन्तरवार्ता हुने छ । यसैगरी नेपाल लेखापरीक्षणतर्फ आन्तरिक प्रतिस्पर्धातर्फको अन्तरवार्ता असार १४ गते निर्धारण गरिएको छ ।

नेपाल प्रशासन सेवातर्फ खुला तथा समावेशीको द्वितीय चरणको मामिला प्रस्तुतीकरण कार्यक्रम असार १५, १६ र १७ गते हुने छ। यस्तै अन्तरवार्ता कार्यक्रम भने असार १८ देखि २६ गते निर्धारण गरिएको लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिए । असार २८ गते भने आन्तरिक प्रतिस्पर्धातर्फ इन्जिनियरिङ सेवा सिभिल, जनरलको अन्तरवार्ता कार्यक्रम राखिएको छ । यसअघि लोक सेवा आयोगले कुनै पनि चरणको परीक्षा भएकालाई रद्द नगर्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार