बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका तीनजना कोरोना संक्रमित कर्णालीमा, एकजना डिस्चार्ज

सुदूरपश्चिमका तीनजना कोरोना संक्रमित कर्णालीमा, एकजना डिस्चार्ज

  • आइतवार, जेष्ठ १८, २०७७
सुदूरपश्चिमका तीनजना कोरोना संक्रमित कर्णालीमा, एकजना डिस्चार्ज

धनगढी —  सुदूरपश्चिम प्रदेशका दुईजना कोरोना संक्रमितको प्रदेश बाहिर उपचार भईरहेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बझाङ र बाजुराका दुई संक्रमितको कर्णाली प्रदेशमा उपचार भईहेको हो।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नेपालगञ्जको रुपडिया नाका हुँदै फर्किएका बझाङका एकजना पुरुषको सुर्खेत अस्पतालमा उपचार भईरहेको बताए।

उनका अनुसार बाजुराका अर्का संक्रमित कालीकोटमा छन्। यस्तै  अछाम घर भएका ३२ वर्षीय पुरुष भने डिस्चार्ज भएका छन्।

बाँकेमा उपचाररत उनी १६ औँ दिनमा कोरोना जितेर शनिबार घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार