शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • सोमालियामा ९ चिकित्सकको हत्या

सोमालियामा ९ चिकित्सकको हत्या

  • शनिबार, जेष्ठ १७, २०७७
सोमालियामा ९ चिकित्सकको हत्या

आतंककारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहले दक्षिणी सोमालियामा ९ जना चिकित्सकको हत्या गरेको छ। स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको शव शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन्। सोमालियामा सन् १९९० को दशकमा गृहयुद्ध शुरु भएपछि देशभित्र हिंसा भड्किएको छ। अल–शबाब आतंककारीका कारण हिंसात्मक घटनामा अझ वृद्धि भएको छ।  इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिंसात्मक अभियान संचालन गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार