शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौँमा दुर्घटनामापरि समाजवादी पाटि बाजुरा युवा नेता धन बहादुर बुढाकाे मृत्यु

काठमाडौँमा दुर्घटनामापरि समाजवादी पाटि बाजुरा युवा नेता धन बहादुर बुढाकाे मृत्यु

  • शुक्रबार, जेष्ठ १६, २०७७
काठमाडौँमा दुर्घटनामापरि समाजवादी पाटि बाजुरा युवा नेता धन बहादुर बुढाकाे मृत्यु

काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा समाजवादी पाटि शुदुरपश्चिम प्रदेश सदस्य तथा बाजुरा युवा नेता २५ बर्षका धन बहादुर बुढाकाे मृत्यु भएकाे छ । उनि सँगै बझाङका २२ वर्षका लोकेन्द्र विष्टकाे पनि मृत्यु भएकाे छ ।  बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो।  मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ। मृतक युवा नेता २५ बर्षका धन बहादुर बुढा सदरमुकाम मार्तडीमा इटा ब्यबसाय सञ्चालन गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार