आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • बडिमालिका
  • कारागार बाजुराका कैदीबन्दीको शुरक्षाका लागि नेपाली सेनाको जिम्मा

कारागार बाजुराका कैदीबन्दीको शुरक्षाका लागि नेपाली सेनाको जिम्मा

क्वारेन्टाइनकाे जिम्मा प्रहरीकाे

  • बिहिबार, जेष्ठ १५, २०७७
कारागार बाजुराका कैदीबन्दीको शुरक्षाका लागि नेपाली सेनाको जिम्मा

दयाराम पण्डित — निमि त्तप्रमुुख जिल्ला अधिकारी शमीर भण्डारीले कारागार शुरक्षामा नेपाली सेनाको सहयोग लिने बताएका छन् । “कोरोना अर्थात कोभिड १९ को संक्रमणका कारण बाजुरामा पछिल्लो समयमा देश बाहिरबाट आउनेको संख्या बढेकोले तत्कालका लागि मौज्जाद प्रहरीलाई ब्यबथापन गर्न उक्त निणर्य गरेको सहायक प्रजिअ भण्डारीले बताए । बाजुरामा कम्तीमा १५ देखि २० हजार मानिस भारतबाट आउने अनुमान छ । देश प्रदेशबाट आएका नागरिकलाई १४ देखि २१ दिन सम्म अनिवार्य क्वारेन्टाईनमा राख्नुपर्छ ।”
जिल्लाका अन्य ग्रामीण क्षेत्रका क्वारेन्टाइनमा आबस्यक शुरक्षा प्रत्याभुति दिलाउन तत्काल प्रहरी पठाउनु पर्ने अबस्था रहेकोले कारागार लगायतका कैदीबँदीको सुरक्षा गार्डको रुपमा नेपाली सेनालाई जिम्मा दिने निणर्य भएको सहायक प्रमुख जिल्ला अधिकार भण्डारीले बताए । मौजुदा प्रहरी दिन रात खटिएका छन् । हेल्थ हेल्प डेस्क देखि क्वारेनटाइन सम्म प्रहरी नै जानु पर्ने भएकोले सो निणर्य गरेको भण्डारीले बताए । सरकारको मापदण्ड अनुसार ब्यबस्थापन गर्न थप प्रहरी परिचालन गर्न पहल भैरहेको सहायक प्रजिअ भण्डारीले बताए । त्यसैगरी विगत लामो समय लकडाउनको समयमा विहान सात बजे देखि बिहान ११ बजे सम्म दैनिक उभोग्य बस्तुका पसल खोल्ने निणर्य भएको छ । त्यसैगरी क्वारेनटाइन शुरक्षाका लागि स्थानीय तहवाट स्वंसेवक परिचालन गर्नु अनुरोध गर्ने निणर्य भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
“ यस्तो महामारी प्रकोपको बेला केही हदसम्म भएपनि सेनाले कारागार शुरक्षा गर्छ । कारागारका १७ जना प्रहरी क्वारेन्टाइन शुरक्षाका लागि पठाउन जिल्ला शुरक्षा समितिले आजै निणर्य गरेको समरजित गुल्मका गुल्मपति एबं सेनानी रबिन श्रष्ठले बताए । कारागार शुरक्षा दिन हामी तत्पर छौं । ” तर, प्रक्रियामा केही दिन लाग्न सक्छ । श्रेष्ठले बताए बाजुरामा आजै थप ६८६ जना श्रमिकहरु भारतबाट जिल्ला भित्रिएका छन् । ८६ जना छिमेकी जिल्लाका छन् ,तिनिहरलाई आजै गृह जिल्ला पठाइएको छ । बांकी सबै बाजुराकै हुन् । यस्तो अबस्थामा सबैले आ-आफ्नो क्षेत्रवाट सहयोग गरौं ।
जिल्ला स्वस्थ्य कार्यालय बाजुराका प्रमुख एबं वरिष्ठ जन स्वास्थय अधिकृत दयाकृष्ण पन्तका अनुसार बाजुरामा बुधबार सम्म ८५१ जना क्वारेन टाइनमा राखिएका छन् । जिल्ला भरी ७५ क्वारेन्टाइन छन् भने १४ सय वेड तयार परिएको छन् । भारत लगायत तेस्रो मुलुकवाट घर फर्किनेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
हाल सम्म त धानेकै छौं अझै क्वारेन्टाईन बसाल्न ुपर्ने हुन सक्छ । तर हामी संग प्रयाप्त साधान श्रोत छैन। कोभिन संक्रमणबाट नागरिक बचाउन स्थानीयतह सक्रिय भएर लागेका छन् । यद्येपी प्रदेश र संघबाट समयमा किड ,पिसआिर र भिटिएम लगायतका स्वास्थय सामाग्री प्राप्त भएमा परिक्षण गरेर क्वारेन्टाइन पठाइन्थ्यो तर, हाल समान्य चेकजांच गरेर पठाउने गरेको कार्यालय प्रमुख पन्तले बताए ।

हामी संग भएको सब प्रहरी जनशक्ती क्वारेन्टाइन लगायत जिल्लाको सुरक्षामा तैनाथ गरर्ने छौ भने नेपाली सेनालाई कारागार शुरक्षाका लागि सहयोग मागेका छौं ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरिक्षक टंक प्रसाद भट्टराइले बताएका छन् । बाजुरामा हाल २८१ जना प्रहरी दरबन्दी छ । ४१ जना विरामी विदा तथा लकडाउनका कारण बाहिर छन् । बाँकी सबै जिल्लामा कारर्यरत रहेको प्रहहरी नायब उपरिक्षक भट्टराइले बताए ।
जिल्ला भरी हाल ७५ क्वारेन्टाइन छन् भने प्रत्यक क्वारेन्टाइनमा बडीमालिका नगरपालिकाकामा मात्र चार जना प्रहरी शुरक्षार्थ खटिएका छन् भने अन्य ठाउँमा दुुइ जनाका दरले प्रहरी परिचालन गरेको बताइको छ ।
पछिल्लो समयमा भारतबाट घरफर्केर ग्रामिण भेगका क्वारेन्टानमा बसेका मानिस दिउसो काफल खान जाने र राती घर सुत्न जाने गरेको पनि पाईको छ । सामान्य ज्वरो बाहेक चेक जांच कसैको हुदैन । कोरोना संक्रमण छ वा छैन त्रास बढ्दै गएको छ स्थानीयले बताएका छन् । हाल सम्म बाजुराका विभिन्न स्थानीय तहमा ७५ वटा क्वारेन्टाइनमा १४सय बेडको बयबस्था छ आजै थप ६ सय जना जिल्लामा भित्रिएका छन् । बिहिबार सम्म पनि ५१ जनालाई क्वारेन्टाइन बेड अपुुग देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार