बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • चौरजहारी घटनाः १८ जना पक्राउ, २ को खोजी जारी

चौरजहारी घटनाः १८ जना पक्राउ, २ को खोजी जारी

  • बिहिबार, जेष्ठ १५, २०७७
चौरजहारी घटनाः १८ जना पक्राउ, २ को खोजी जारी
जाजरकोट र रूकुम पश्चिमको सीमामा पर्ने ठूली भेरी नदी। तस्बिर : पुन्जन बिश्वकर्माको फेसबुकबाट।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको घटनामा संलग्न रहेको आशंकामा १८ जना पक्राउ परेका छन्। त्यहाँका वडाध्यक्षसहित २० जना विरुद्ध किटानी जाहेरी परेको छ। वडाध्यक्षसहित १२ जना सोमबार पक्राउ परेका थिए भने थप ६ जनालाई बुधबार पक्राउ गरिएको हो।

फरार दुई जनाको खोजी जारी रहेको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले बताए। जाजरकोट जिल्लाको भेरी नगरपालिकाका वडा नं. २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन भनी त्यहाँ गएको समयमा शनिबार बेलुका सोतीका स्थानीयले लखेट्दै कुटपिट गरेर हत्या गरेको अभियोग लागेको छ।

शनिबार सोती पुगेका युवकहरूलाई गाउँलेले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये ४ जनाको शव फेला परिसकेको छ।

अझैं दुई जना वेपत्ता छन्। जाजरकोटको भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको थियो। शनिबार राति भेरी नगरपालिका–४ का नवराज विक, रुकुम पश्चिमका चौरजहारी नगरपालिका–१ टीकाराम नेपालीको आइतवार विहान र भेरी ४ का गणेश बुढामगरको सोमवार शव फेला परेको थियो।

वेपत्ता रहेका भेरी नगरपालिकाका वडा नं. ४ का १७ बर्षीय गोविन्द शाही र ४ नम्वर वडाकै १८ वर्षीय सञ्जु विकको खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय जाजकरकोटका प्रमुख किशोरकुमार श्रेष्ठले मृतकमध्ये दुईजनाको शव पोष्टमार्टम पछि बिहीबार विहान आफन्तले बुझेको जानकारी दिए।

बुधबार शव फेला परेका युवाको भने पोष्टमार्टम हुन बाँकी रहेको उनले बताए। त्यस्तै रुकुम पश्चिमको चौरजहारी १ का टिकाराम सुनारको शव भने आफन्तले यसअघि नै बुझेर अन्त्यष्टि गरिसकेका छन्।सेताेपाटीमा नारायण खड्काले समाचार लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार