शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • काठमाडौंमा अलपत्र परेका बाजुराका नागरिककाे उद्धार

काठमाडौंमा अलपत्र परेका बाजुराका नागरिककाे उद्धार

  • बिहिबार, जेष्ठ १५, २०७७
काठमाडौंमा अलपत्र परेका बाजुराका नागरिककाे उद्धार
फाइल तस्बीर

बाजुरा — बाजुराबाट काठमाण्डाैबाट धेरै नागरिकहरू बाजुरा पुगेका छन् ।बाजुरा हिमाली गाउँपालिकाका युवा धर्मराज तिमिल्सिनाकाे सहयाेगमा बाजुराका नागरिककाे उद्धार गरिएकाे हाे ।

काठमाडौंमा अलपत्र परेका काम गर्न भनेर गएका श्रमिक, मजदुरहरु, उपचार गरेर आफन्तको मा बसिरहेका, विदेश जान भनेर गएका नागरिक तथा समस्या मा परेका विद्यार्थीहरुको उद्दार गर्दै २ वटा गाडी काठमाडौं बाट बाजुरा पठाएको तिमिदल्सेनाले बताएका छन्। यो सूचना जानकारीमा आएपछि काठमाडौं बाट बाजुरा गएको गाडीलाई अत्तरियामा दुख दिन लगएको थियो। त्यस्तै जिल्ला प्रशासन  कार्यालय मा पनि दबाव दिइन लगाएकोमा कंग्रेस नेताहरु प्रति आपत्ति रहेकाे उनले बताएका छन ।

कंग्रेस नेताहरुले नेकपाका मात्रै मान्छे पठायो भन्ने आरोप झुटो रहेको उक्त गाडीमा हिमाली गाउँपालीका सदस्य नामसरा पाध्या, उपाध्यक्षको छोरा विनोद बुढा, पालमुनी जीवन विताई रहेका धनमल विक, लालकेश रावत, खेम रोकाया, जस बहादुर मल्ल लगाएतका व्यक्तिहरु छन। काठमाडौं बाट ८४ जना र कैलाली बाट थप १२/१४ जना नागरिक को उद्दार गरेको भए पनी हिमाली गाउँपालिकाले अाराेप निराधार रहेकाे उनले बताए ।

हिमाली गाऊपालीका उपाध्यक्षकै छोरा विनोद वुढा लगाएत १० जना भन्दा बढिको समुहको उद्दार गरी घर पठाइएको छ उनले बडिमालिका खवरलाइ बताए । पनि जिल्ला प्रशासनमा गाडी रोक्न दबाब दिनु बाटोमा सकिन्छ भने गाडी रोक्दिन पर्यो भनेरहरुलाई गुहार माग्नु निन्दनीय रहेका तिमिल्सेनाले बताए। गाडीमा नेकपाका मान्छे मात्रै पठायो भन्ने आरोप अस्वीकार रहेकाे बताए । काठमाण्डाै बस्दा अफ्टेराेमा परेका नागरिकहरूकाे उद्धार बाजुराका नेताहरूकाे पनी सहयाेग रहेकाे उनले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार