शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • पत्रकारलाई ज्यान मार्ने धम्की दिएको कुरा निराधार भएको दावी

पत्रकारलाई ज्यान मार्ने धम्की दिएको कुरा निराधार भएको दावी

  • सोमवार, जेष्ठ १२, २०७७
पत्रकारलाई ज्यान मार्ने धम्की दिएको कुरा निराधार भएको दावी

धनगढी —  अछामका पत्रकार तपेन्द्र कुँवरलाई ज्यान मार्ने धम्की दिएको कुरा निराधार भएको दावी गरिएको छ। साँफेबगर नगरपालिका–३ सिद्देश्वर घर भई हाल जापान बस्दै आएका लोकेन्द्रजंग कुँवर, सोही वडा बस्ने हिरण्डजंग कुँवर र साँफेबगर नगरपालिका–१० घुघुरकोट बस्दै आएका ध्रुर्व महताले पत्रकार कुँवरलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेकामा त्यस्मा कुनै सत्यता नभएको दावी गरिएको हो।

‘आफ्नो व्यावसायिक क्षेत्रको धर्म नर्बिसन गरिएको आग्रहलाई ज्यान मार्ने धम्की र गाली गरेको भन्ने कुरा निराधार मात्रै हो। मैले इटाको जबाफ इटाले नै दिएको हु।’ लोकेन्द्रजंग कुँवरले विज्ञप्ती जारी गर्दै भनेका छन्।

उनले विज्ञप्ती मार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ज्युको नाम लिएर सामाजिक संजाल फेसवुकमा नेपाली काङ्ग्रेसका समर्थकलाई तल्लो स्तरको गाली बेइज्जती गरेको आरोप समेत लगाएका छन्।

प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले यसअघि सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा पत्रकार कुँवरमाथि अमानवीय व्यवहार गर्ने, गालीसहित ज्यान मार्ने धम्की दिएकोप्रति आपत्ति जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार