शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • विवाह गर्छु भन्दै खेतमा लगेर साथीद्धारा बलात्कार

विवाह गर्छु भन्दै खेतमा लगेर साथीद्धारा बलात्कार

  • शनिबार, जेष्ठ १०, २०७७
विवाह गर्छु भन्दै खेतमा लगेर साथीद्धारा बलात्कार

कञ्चनपुर — कोरोना भाईरसले मानव समुदाय कसरी सुरक्षित बस्ने चिन्ता भएका बेला कञ्चनपुरमा साथीहरुकाे समुहले एक किशोरीमाथि सामुहिक बलात्कार गरेका छन् । भीमदत्त नगरपालिका १६ मझगाउँका सागर नेगीले विवाह गर्छु भन्दै लगेर आफु र साथिहरुमार्फत बलात्कार गरेको भन्दै एक किशाेरीले प्रहरीमा उजुरी गरेकी छन् ।

‘म सागर नेगीलाई तीन महिना अघि देखि चिन्थे, ‘ति किशोरीले भनिन, ‘म पढ्ने विद्यालयमा उनकै गाँउकी एक किशोरीलाई विद्यालय पु¥याउँन आउने रहेछ, मलाई त्यहीबेला देखि उनले देख्यो, मैले पनि चिने ।’ समाजिक संजाल फेसबुकमा सागरले फ्रिण्ड रिकोईष्ट पठाएपनि शुरुमा स्वीकार नगरेको बताउदै ति किशोरीले पछि एक्सिेप्ट गरेको बताइन् । त्यहीबाट आफ्नो फोन नम्बर मागेर सागरले फोन गरेर पहिलादेखि म तिमिलाई मन पराउँछु भन्दै कुराकानी गर्दै आएको बताए । विवाह गर्छु भन्दै शुरुमा धनगढी लग्छु भनेर पछि घरतर्फ लगेर घर नपुगाईकनै विच बाटैमा कसैको बाँझो खेतमा लगेर राखेको बताईन् ।

‘मलाई मझगाउँ पु¥याएपछि सागरले आफ्ना साथिहरुलाई फोन गर्न थाल्यो, ‘उनले भनेकी छिन, ‘एक एक गरेर सागरका सबै साथिहरु आए, मुख बन्द ग¥यो, बढि बोलेर मारिदिन्छु भन्दै बलात्कार गर्दै जाँदै गरे, म राती भएकाले डरले बोलेन् ।’ उनले सागरका पाँच जना साथीले बलात्कार गरेपछि दुई जनाको मात्रै नाम थाहा पाएको बताईन् । विवाह गर्छु भन्दै लगेका सागर नेगीसहित पाँच जनाले बलात्कार गरेको उनले बताईन् ।

युवतीमाथि बलात्कार भईरहेको विषय थाहा पाएर वरिपरीका युवकहरु समेत घटना स्थलतर्फ आएर बलात्कार गर्न खोज्दा रोईकराई गरेको उनले बताईन् । रातभर सागरसंग खेतमै विवाह गर्छु भन्दै ल्याएर बलात्कार गर्ने अरुलाई पनि भिडाउँने भन्दै झगडा गर्दा बिहान भएपछि चिनजानका मान्छेसंग सम्पर्क गरेर घर पु¥याईदिएको उनले बताईन् । बिहीबार पीडित युवतीले नेगीसहित पाँच जनाका नाममा जबरजस्तीकरणी अन्तरगत किटानी दिएकी छिन् । यि किशोरीलाई दुई जनाको नाम थाहा छ, बाँकीको छैन् ।

कञ्चनपुरका महिला अगुवा एव अधिकारकर्मीहरुले कोरोना महामारीका बेला विवाह गर्छु भन्दै किशोर लगेपछि सामुहिक बलात्कार गराउने गर्ने कार्य निन्दनिय भएकाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । महिला अगुवा एव अधिकारकर्मी माया नेगीले किशोरीमाथि भएको घटना जघन्य अपराध भएकाले दोषि जो सुकै किन नहोस कार्बाही गर्नुपर्नेमा जोड दिएकी छिन् । अर्की महिला अधिकारकर्मी निर्मला जोशी(भट्ट)ले घटनाको यथार्थ छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् ।

‘घरमै श्रीमान श्रीमती विच पनि शारिरिक सम्बन्ध राख्न सहमती चाहिन्छ, ‘उनले भने, ‘यसरी विवाह गर्छु भन्दै लगेर सामुहिक बलात्कार निन्दनिय कार्य हो ।’ यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले घटनाको अनुसन्धान भईरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार