बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • संसारकै उच्च दूरसञ्चार कर भएका दश मुलुकमा नेपाल

संसारकै उच्च दूरसञ्चार कर भएका दश मुलुकमा नेपाल

  • शनिबार, जेष्ठ १०, २०७७
संसारकै उच्च दूरसञ्चार कर भएका दश मुलुकमा नेपाल

दूरसञ्चार सेवामा उच्च कर भएका मुलुकमा नेपाल पनि परेको छ। सन् २०१८ को तथ्यांककै आधारमा नेपाल संसारमै दूरसञ्चार कर धेरै भएका दश मुलुकमा नेपाल परेको छ।

इन्टरनेशनल टेलिकम्युनिकेशन युनियनले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार नेपाल उच्च कर भएको मुलुकमा परेको हो।

फोन गर्दा,इन्टरनेट चलाउँदा तथा अन्य दूरसञ्चार सेवा उपभोग गरेबापत नेपालका करदाताहरुले २६ प्रतिशत कर तिर्नुपरिरहेको आइटियुले उल्लेख गरेको छ।

धेरै कर लाग्ने मुलुकहरुमा जोर्डन, ब्राजिल, इजिप्ट, श्रीलंका जस्ता मुलुक छन्। नेपालमा सन् २०१८ को तथ्यांकलाई आधार मानिएका कारण करको दर २६ प्रतिशतमात्र देखिएको हो। पछिल्लो समय सरकारले लगाएको दूरसञ्चार शुल्कको नाममा १३ प्रतिशत कर लिइरहेको छ। यसले गर्दा आइटियुले उल्लेख गरेभन्दा पनि धेरै कर नेपाली उपभोक्ताले तिरिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार