शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा काेराेना भाइरस ¥यापिट टेस्ट किट र भिटिएमको अभाव

बाजुरामा काेराेना भाइरस ¥यापिट टेस्ट किट र भिटिएमको अभाव

  • शुक्रबार, जेष्ठ ९, २०७७
बाजुरामा काेराेना भाइरस ¥यापिट टेस्ट किट र भिटिएमको अभाव

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लामा भारतबाट आउनेको संख्या बढे संगै बाजुरामा आरडिटि र भिटिएमको अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज मात्र आएका ४४ जनाको परिक्षणका लागि पनी आरडिटी परिक्षण गर्ने किट र भिटिएमको अभाव भइसकेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बडिमालिका खवरलाई जानकारी दिएका छन् ।
लकडाउनको ६० औँं दिनपछि पुगेसंगै भारतमा काम गर्दै आएका बाजुराका नागरिकको आउने क्रम बढिरहेको र यता जिल्लामा ¥यापिट टेस्ट किट र भिटीएमका अभाव भएको स्वास्य कार्यालय बाजुराका प्रमुख पन्तको भनाई रहेको छ । भारतबाट आउनेहरुसंगै जिल्लामा संक्रमणको जोखीम पनी बढिरहेकोले अनिबार्य चेक जाच गर्नु तर जिल्लामा किटको सुन्यतामा गएकोले निकै समस्या उत्पन्न भएको पन्तको भनाई रहेको छ । आज मात्र ४३ जना मजदुर बाजुरा भित्रिएका छन् र २६ जना बाटोमा रहेकाले उनिहरुको कसरी उपचार गर्ने भन्ने बिषयमा आफुले गम्भीर रुपमा सोचेको कुरा बडिमालिका खवरलाई पन्तले बताए । आज बाजुरामा आएका मध्य सबै भन्दा बढि खप्तड छेडेदह गाउँपालिकाका नागरिक रहेका छन । सो गाउँपालिकाका आज मात्रै २० जना नागरिक रहेका छन् । त्यसै गरी स्वामिकार्तिक खापर गाउँपालिकाका १५ जना बडिमालिका नगरपालिकाका ६ जना बुढिनन्दा नगरपालकिाका १ र हिमाली गाउँपालिकाका १ जना गरी ४३ जना नागरिक एकै पटक बाजुरा पुगेका छन् । केही दिन अगाडी अाएकाे ८ सय किटहरू सबै सकिएकाेले थप समस्या भएकाे पन्तकाे भनाइ रहेकाे छ । अाज मात्रै ५ हजार र्यापिट टेस्ट किट र ५ सय भिटीएमकाे माग गरेकाे स्वस्थ्य कार्यालय बाजुराले जनाएकाे छ । तर चाडाे भन्दा चाडाे किटहरू नअाउने भने बाजुरामा काेराेनाकाे त्रास बढि हुने देखीन्छ उनले भने । जिल्लाका धेरै स्थानीय तहमा क्ववारेन्टाइनहरू ब्यबस्थित पनी नभएकाे सबैलाइ एकै ठाउँमा राख्नुपर्ने अबस्थामा साे किटहरू नअाए जिल्लामा भयाभव भन्ने भएकाे पन्तले बताए । दिन प्रतिदिन मान्छे थपिदै अाएकाले जिल्लामा किटहरू समयमै नपुगेमा ठुलाे दुर्घटना हुनसक्ने उनले बताएका छन् । नजिका छिमेकी जिल्ला डडेलधुरा, बैतडी र प्रदेश राजधानी धनगढीमा काेराेनाका बिरामीहरू देखा परेसंगै बाजुरा पनी उच्च जाेखीम रहेकाेले सबैले उच्च सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले अनुराेध समेत गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार