शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया सुरु

छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया सुरु

  • शुक्रबार, जेष्ठ ९, २०७७
छाङरुमा सशस्त्रको भवन निर्माण प्रक्रिया सुरु

दार्चुलाको व्यास गाउँपालिका १ छाङरुमा बोर्डर आउट पोस्ट बीओपी निर्माणका लागि सशस्त्र प्रहरी बलले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो ।
यसका लागि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेको छ । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि एक सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ ।
भवन निर्माणका लागि सशस्त्रले १५ राेपानी सरकारी जग्गा प्राप्त गरिसकेको छ । कालापानी, लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि जनआक्रोश सिर्जना भएका बेला सरकारले छाङरुमा सशस्त्र प्रहरीको उपस्थिति कायम गरेको हो ।
यो क्षेत्रसम्म पुग्नका लागि सडक सञ्जालको समेत समस्या छ । नेपाली सेनाको फौज सडकको ट्याक खोल्नलाई घाँटी बगर क्षेत्रमा बिहीबार पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार