शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • भारतबाट आएका कपिलवस्तुका थप ४ जनामा देखियो कोरोना

भारतबाट आएका कपिलवस्तुका थप ४ जनामा देखियो कोरोना

  • मङ्लबार, जेष्ठ ६, २०७७
भारतबाट आएका कपिलवस्तुका थप ४ जनामा देखियो कोरोना

मंगलबार कपिलवस्तुमा ४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। मायादेवी गाउँपालिकाका उनीहरू भारतबाट आएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

भारतबाट आएपछि उनीहरूलाई गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा राखिएको थियो। संक्रमित चारै जना पुरुष रहेका छन्। उनीहरूलाई बुटवल वा दाङको अस्पतालमा लैजाने तयारी गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। सोमबार मात्र एकैदिन ८० जनामा संक्रमण देखिएको थियो। नेपालमा अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन्।

चर्चामा

सम्बन्धित समाचार