शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मेरुदण्ड भाचिएका रमेश अस्पतलाको शैयामा मृत्युसँग लडदै ( भिडियाे सहित)

मेरुदण्ड भाचिएका रमेश अस्पतलाको शैयामा मृत्युसँग लडदै ( भिडियाे सहित)

  • शनिबार, जेष्ठ ३, २०७७
मेरुदण्ड भाचिएका रमेश अस्पतलाको शैयामा मृत्युसँग लडदै ( भिडियाे सहित)

बाजुरा —  बाजुराको खप्तड छेडेदह गाँउपालिका ३ धनाल्तमा बस्ने २३ बर्षका रमेश रावत अस्पतालको शैयामा छटपटराइरहेका छन् । आर्थिक अभाबमा काठमाडौको सुष्मा कोइराला मेमोरियल अस्पतालको शैयामा छटपटटाइरहेका छन् । २०७२ साल जेष्ठ ३ गते भारतको उत्तराखण्ड बिजुलीको पोलमा ट्रान्समिटर जोडने बेला लडेर उनको मेरुदण्ड भाचिएको थियो ।

भारतमा आर्थिक अभाबमा उपाचर गर्न नसकि उनलाई घर ल्याएको थियो । अहिले उनको उपचार काठमाडौमा भएपनि आर्थिक अबस्था निकै कमजोर भएकाले औषधि किन्न पनि पैशा नभएपछि मृत्यु सँग जुधिरहेका छन् । २०७१ चैतको महिना एसएलसि दिएर उनि भारतमा काम गर्न गएका थिए । पैशा कमाएर उच्च शिक्षा पढने रहर रहेको रमेश मेरुदण्ड नै भाचिएपछि उनि अहिले मृत्यु सँग जुधिरहेका छन् । उनको कम्मर तलको कुनै पनि भाग नचल्ने गरेको छ ।

उनि घाइते भएको बेला उपचारको लागि हल्दानी शुशिला तिवारी मेडिकल कलेज उपचार गरेको भएपनि सञ्चो भएन् । उपचारमा संलग्न चिकित्सकले भाचिएको मेरुदण्डमा स्टील प्रयोग गरेर ११ दिन पछि अप्रेसन गरे तर सामान्य यता उति चलाउन सक्ने भएका थिए । अस्पतालले पहिले झै हिडडुल गर्न सक्ने गरि उपचार त हुन्छ, तर उपचारका लागि झण्डै ५० लाख रुपैयाँ लाग्ने बताएपछि उनि उपचार नगरेर नेपाल आएका थिए । गाँउमा ऋण खोज्दा कतै पाएनन केही समय सम्म घरमै उपचार अभाबमा तडपिरहेका थिए ।

घरमै फेरी होइलचियरमा लडेर पुरानो अबस्थामा हुनुका साथै कम्मरमा घाउभएपछि फेरी उनका आफन्तले काठमाडौ पुयाएको थियो । चिकित्सले घाउको अप्रेशन गनुपर्ने वताएको छ, घाउ ठिक हुन ४५ दिन लाग्ने बताएको भएपनि पैशा नहुँदा अप्रेसन हुन नसकेको अस्पतालको शैया रुदै रमेशले वताएका छन् । त्यसपछि फेरि फिजियो थेरापी गरेपछि सामान्य हिडडुल गर्न सक्ने वताएको छ, तर खानलाई समेत पैशा नभएको रमेशले वताए ।

गाँउपालिका लगायत अन्य निकायमा पहल गर्दा पनि कतै बाट सहयोग नमिलेको उनले वताए । अस्पतालको शैया बाट रमेशले भने उपचारमा सहयोगका लागि अपिहल गरेका छन्, उनलाई सहयोग गर्न चाहानु हुनेले रमेश रावत मोवाइलमा नम्बरमा ९८६३३०३३३४ र ९८१२७९००४० सम्र्पक गर्न सक्नु हुने छ ।

https://www.youtube.com/watch?v=fqjshKfeIdI

चर्चामा

सम्बन्धित समाचार