शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • प्रदेश १ मा एकजना टेलिभिजन पत्रकारलाई कोरोना

प्रदेश १ मा एकजना टेलिभिजन पत्रकारलाई कोरोना

  • शनिबार, जेष्ठ ३, २०७७
प्रदेश १ मा एकजना टेलिभिजन पत्रकारलाई कोरोना

विराटनगर । प्रदेश १ मा एकजना टेलिभिजन पत्रकारमा कोरोना संक्रमण देखिएको छ । संक्रमित पत्रकार रिर्पोटिङको क्रममा भुल्के क्षेत्रको रेडजोन ऐरियासम्म पुगेका थिए । तर, उनी भुल्केभन्दा बाहिरका बासिन्दा हुन् । उनको स्वाब वीपी प्रतिष्ठान धरानस्थित ल्याबमा परीक्षण गरिएको थियो । संक्रमित पत्रकार काठमाडौंबाट संचालन हुने टेलिभिजनका उदयपुर संवाददाता हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पत्रकारलाई प्रदेश सरकारले स्थापना गरेको कोशी कोरोना अस्पताल विराटनगर ल्याइँदै गरेको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिएका छन् । यसअघि त्रियुगा नपाको वडा नम्बर ३ भुल्केमा कोरोनाका १२ जना जमातीसहित ३३ जनामा कोरोना देखिएको थियो । रोगबाट ग्रसितमध्ये १७ जना उपचारपछि फर्किसकेको मुख्यमन्त्री कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार