मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

  • शनिबार, जेष्ठ ३, २०७७
नेपालमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

धनगढी : नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो पटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको हो।

कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि आज मात्रै विहान बर्दिया नार्खु निवासी २८ बर्षीय महिला, सिराहा निवासी ३० बर्षीय पुरुष, पर्सा विरगञ्ज निवासी २८ र २९ बर्षीय पुरुष, सर्लाही रामनगर निवासी १८ बर्षीय महिला, चितवन गढौली निवासी २५ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर कुमार अधिकारीका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा छन्।

चर्चामा

सम्बन्धित समाचार