शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंमा ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ

काठमाडौंमा ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ

  • शुक्रबार, जेष्ठ २, २०७७
काठमाडौंमा ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ

काठमाडौँ — काठमाडौंमा ३१ जनाको कोरोना एन्डीबडी पोजेटिभ देखाएको छ। काठमाडौं महानरपालिकाका सफाई कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकामा शुक्रबार कोरोना एन्टीबडी देखाएको हो।

आरडीटी परीक्षण गर्दा ३ जना महिला स्वास्थ्य स्वयं सेविका सहित १६ पुरुष र १५ महिला गरी ३१ जनामा कोरोना एन्टीबडी पोजेटिभ देखिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहत कार्यरत ९ सय ३४ जना कर्मचारीमध्ये ६ सय ६४ जनाको आरडीटी र २ सय ६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार