शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • काम गर्ने कालु मकै खाने भालु’ प्रवृत्तिसँग म सहमत हुन सक्दिन ।

काम गर्ने कालु मकै खाने भालु’ प्रवृत्तिसँग म सहमत हुन सक्दिन ।

  • शुक्रबार, जेष्ठ २, २०७७
काम गर्ने कालु मकै खाने भालु’ प्रवृत्तिसँग म सहमत हुन सक्दिन ।

विश्व नै अहिले कोभिड-१९ को महामारिमा गुज्रिरहेको अबस्थामा हाम्रो मूलुक पनि यो महामारिबाट चरम उत्कर्षमा पुगेको कुरा आम लगानीकर्ता मित्रहरुलाई अबगत भएकै छ । हाम्रो मूलुकमा कोभिड -१९ दिन दुगुना रात चौगुनाको दरले फैलिरहेको छ । यस्तो विषम परिस्थितीमा विश्व भरिनै आर्थिक कारोवार ठप्प प्राय छ । अति बिकशित राष्ट्र समेत यो भाईरसबाट डराई रहेको अबस्था छ ।

यस्तो परिस्थितीमा हाम्रो मूलुकमा रहेको एक मात्र पूँजी बजार नेपाल स्टक एक्सचेन्ज खोल्नु हुदैन । यही खोल्नु नै पर्छ भने ठूला ठूला फण्डहरु जस्तै नागरिक लगानीकोष, सैनिक कल्याणकारी कोष, कर्मचारी संचयकोष , राष्ट्रिय बिमा कम्पनी र मेच्युयल फण्डहरुलाई बजारमा भित्र्यायर साथै आम लगानीकर्तालाई बजारमा सहज पहुच हुने वातवरण बनाएर मात्रै बजार खोल्न उपयूक्त हुने भनेर हाम्रो संघले बारम्वार अर्थ मन्त्रालय, धितो पत्र बोर्ड र नेप्सेमा जानकारी गराउदा गराउदै यि कुराहरुलाई पुरै बेवास्था गरी मिती २०७७/०१/३० गते देखि केही नयाँ नियम ल्याई मार्केट खोलियो यो नै आम लगानीकर्तालाई दुर्भाग्य साबित भयो ।

यस्तो बिषम परिस्थितीमा केही कागजी घोडामात्रै दौडाएर बजार सुचारु गर्नु आम लगानीकर्ताको हितमा हुदै होईन भन्ने हाम्रो संघको ठहर रहँदा रहदै बजार सुचारु गर्नु दुर्भाग्य पूर्ण कदम थियो । यस अबधिमा हाम्रो संघले बिभिन्न नियामक निकायमा घचघचाई रहेको समेत अबगत गराउन चाहन्छु । निहित स्वार्थ बोकेका केही छद्म भेषी लगानीकर्ता जो बजारलाई अस्थित गराई आफ्नो अनुकुल बजार डोहोर्याउने ध्याउन्नमा थिए । तिनै लगानीकर्ताले १०/२० कित्ताले बजार घटाई दुई कार्य दिनमा आम लगानीकर्ताको झण्डै ६५ अर्ब पूँजीकरण घटाउने दुष्प्रयास गरे, यस्तो कार्यको हाम्रो संघ घोर भर्चना र निन्द गर्दछ ।

आगामी आ.ब. २०७७/०७८ को बजेटको तयारीमा अर्थ मन्त्रलय दिन रात नभनि लागी रहेको र उक्त बजेटमा आम लगानीकर्ताको मनोभाबना समेटिएको राय सुझाबहरु हाम्रो संघले लिखित रुपमै पेश गरि सकेको समेत अबगत गराउन चाहन्छु । गत बर्षको बजेटमा समेत हाम्रो संघले उठाएका जायज मागहरु समेटिएको कुरा जगजाहेर नै छ । महत्वपूर्ण कुरा पूँजीगत लाभकर ७.५% बाट ५% मा झारिनु पर्छ भनेर अडान राख्ने हाम्रो संघ मात्रै थियो । अन्य संघ/ संगठनलाई यो अपत्यारिलो लागेको थियो ।

यस कुराको वेवास्ता गर्दै बजार खोलिएको थियो र लगानीकर्ताले दुई दिनमा ६५ अर्ब बराबरको रकम गुमाएपछि हिजो अर्थमन्त्री ज्यू र राजस्व सचिव शिशिर ढुंगानासँग सेयर बजारका समस्याहरु अबगत गराएँ । यस बिषयमा जगजाहेर गराएँ र हिजै अर्थमन्त्री ज्यू बाट र आज राजस्व सचिव शिशिर ढुंगानाबाट लगानी कर्ताको हितलाई ध्यानमा राख्दै अनिश्चित काल सम्म बजार आजबाट बन्द हुन्छ भन्ने जानकारी पाएपछि बिहानै सामाजिक संजालमा लगानीकर्ता मित्रहरुलाई जानकारी गराएकै थिँए ।

एउटा अध्यक्षको हैसियतले बजारबाट आएका लगानिकर्ताहरुको हरेक जायज मागहरुलाई समावेस गर्नको लागि सम्बन्धित निकाय सम्म पुर्याँउनु मेरो कर्तव्य हुन्छ। म कामलाई उच्च सम्मान गर्छु । सामाजिक संजालका भित्ताहरु रंगाएर मात्र बस्ने र ‘काम गर्ने कालु मकै खाने भालु’ प्रवृत्तिसँग म सहमत हुन सक्दिन ।

हाम्रो संघ देशका सातै प्रदेश र सतहत्तर जिल्ला मध्य केही जिल्ला छोडेर फैलिएको छ । हाम्रो संघले आम लगानीकर्ताको भाबना समेटिरहेको हुन्छ । समस्यामा रहेका लगानीकर्ताले जुनसुकै बेला मेरो मोबाईलमा सिधै सम्पर्क गर्ने ब्यबस्था समेत मिलाएका छौ । हाम्रो संघले बक्तब्यवाजी र कागजी निर्णयमा भन्दा बढी काममा लागी रहेको हुन्छ । हामि बिज्ञप्तिलाई त्यतिधेरै मान्यता दिदैनौ ।

अन्त्यमा,

नियामक निकायले आम लगानीकर्तालाई राहत दिन चाहेको हो भने पछिल्ला दुई दिन भएका कारोबार रद्द गरी लकडाउन सकियपछी मात्रै बजार खोल्न र बजार खुल्नु पूर्ब हामिले माथि औंल्याएका संस्थाहरुलाई मार्केट मेकर र डिलरशिपको रुपमा भित्र्याई कारोबार सुचारु गर्न अनुरोध गर्दै स- साना कुरा लिएर हामि मन्त्रालय सम्म धाउँनु पर्ने यस्ता कुरितीको अन्त्य गरियोस ।

यस कार्यमा सहयोग गर्ने विशेष गरी अर्थमन्त्री ज्यू, राजस्व सचिव शिशिर ढुंगाना ज्यू, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, ब्रोकरहरु तथा म अध्यक्ष रहेका संस्थाका सबै मित्रहरु, लगानीकर्ता साथिहरुमा हार्दिक आभारका साथै धन्यवाद ज्ञापन गर्दछु ।

चर्चामा

सम्बन्धित समाचार