बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको आरोग्य प्रतिष्ठानमा सिल

कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको आरोग्य प्रतिष्ठानमा सिल

एकदिनका लागि निदान अस्पताल पनि सिल

  • बुधबार, बैशाख ३१, २०७७
कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको आरोग्य प्रतिष्ठानमा सिल

काठमाडौं । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा प्रहरीले सिलबन्दी गरेको  छ । आरोग्यमै कार्यरत एक महिला कर्मचारीमा कोरोना देखिएपछि अस्थायी रुपमा सिल गरिएको हो । प्रहरीका अनुसार प्रतिष्ठानमै कार्यरत महिला कर्मचारी चैत ९ गते सुनसरी गएकी थिइन् । उनी वैशाख २९ गते काठमाडौं आएकी थिइन् ।

काठमाडौं फर्किने क्रममा उनी साँगाबाट आरोग्यकै दमकलमा आएकी थिइन् । एक प्रहरी अधिकारीले भने, “बाहिरबाट आएको पाइएपछि आरोग्यले महिलाको कोरोना परीक्षण गर्न टेकु लगेको थियो । त्योबेला निदान अस्पतालको एम्बुलेन्स प्रयोग भएको थियो । हिजो राति उहाँमा कोरोना पाजेटिभ देखियो ।” सुनसरीबाट फर्किएपछि ती महिला कर्मचारी भने कार्यालय नआएको बताइएको छ । निदान अस्पतालको एम्बुलेन्स प्रयोगकर्तामै कोरोना देखिएपछि एकदिनका लागि  अस्पताल सिल गरिएको अस्पतालका सीईओ विपिन प्रधानले जानकारी दिए । #साभार

चर्चामा

सम्बन्धित समाचार