बिहिबार, मंसिर १८, २०७७
  • होमपेज
  • खप्तड छेडेदह
  • खप्तड–छेडेदह गाउँपालिकाले काठमाडौंमा रहेका मजदुर र विद्यार्थीलाई राहत वितरण

खप्तड–छेडेदह गाउँपालिकाले काठमाडौंमा रहेका मजदुर र विद्यार्थीलाई राहत वितरण

  • मङ्लबार, बैशाख ३०, २०७७
खप्तड–छेडेदह गाउँपालिकाले काठमाडौंमा रहेका मजदुर र विद्यार्थीलाई राहत वितरण

खप्तड–छेडेदह गाउँपालिकाले काठमाडौंमा रहेका विद्यार्थी र मजदुरलाई राहत बितरण गरेको छ। लकडाउनका कारण समस्यामा परेका खप्तड–छेडेदह स्थायी घर भएका हाल काठमाडाै रहेका विद्यार्थी र मजदुरलाई राहत वितरण गरिएको हो । काठमाडौं उपत्यकामा डेरा गरी बस्ने १ सय २० जना विद्यार्थी र मजदुर वर्गलाई राहत वितरण गरिएको राहत वितरण गरेकाे गाँउपालिकाले जनाएकाे छ ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बस्ने विद्यार्थी र मजदुरको डेरामै पुगेर राहत वितरण गरिएको हो । एक परिवार वा एउटै कोठा–फ्ल्याटमा बस्नेलाई प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, २ लिटर तेल र १ किलो नुनका दरले वितरण गरिएको उपाध्यायले बताए । विद्यार्थी र मजदुरहरु टाढा–टाढा बस्ने भएकाले तीन दिन लगाएर राहत वितरण गरिएको हो । गाउँपालिकाको निर्णयअनुसार नै काठमाडौंमा रहेकालाई राहत वितरण गरिएको एक बिधार्थि नेताले वताए । गाउँपालिकाले निश्चित विद्यार्थी र मजदुरको नामावलीसहित राहत वितरणका लागि २ लाख ५० हजार पठाएको थियो तर, राहत लिनेहरु थपिएकाले राहतमा पनि केहि हेरफेर गरिएको थियो ।

केही भने राहतवितरणमा मनाेमानी गरेकाे भन्दै राहत लिन अस्वीकार गरेका छन्। गाउँपालिकाले काठमाडौंका लागि थुमराज उपाध्याय, मंगल नेपाली, चेत थापा, भीम रावत, नरेश धामी, चन्द्र रावत र श्याम बुढालाई जिम्मेवारी तोकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार