शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • पछिल्लो २४ घण्टामा नयाँ संक्रमित फेला परेनन्

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित फेला परेनन्

  • आइतवार, बैशाख २८, २०७७
पछिल्लो २४ घण्टामा नयाँ संक्रमित फेला परेनन्

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा  ३० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।

यसमध्ये ३१ जना निको भएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

हालसम्म पीसीआर विधिबाट १६ हजार ८९८ वटा परीक्षण गरिएका छन् भने आरडीटी ५६ हजार ५५० । पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा कूल १३ हजार ६२५ जना रहेका छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमित १६४ जना रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार