बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • सपनामा भगवानले भनेको भन्दै कैदीले काटेर चढाए आफ्नै यौनाङ्ग

सपनामा भगवानले भनेको भन्दै कैदीले काटेर चढाए आफ्नै यौनाङ्ग

  • आइतवार, बैशाख २८, २०७७
सपनामा भगवानले भनेको भन्दै कैदीले काटेर चढाए आफ्नै यौनाङ्ग

कहिलेकाहीँ कतिपय मानिसले यस्ता हर्कत गर्दछन् कि त्यस्ता काम अरु सामान्य मानिसले गर्न सक्ने कुरा सोच्न पनि सक्दैनन् ।

छिमेकी मुलुक भारतको मध्यप्रदेशस्थित ग्वालियरमा रहेको केन्द्रीय जेलमा एउटा यस्तै घटना भएको छ । आनन फानन जेलमा रहेका एकजना कैदीले आफ्नो लिङ्ग काटेर जेलभित्रै रहेको मन्दिरमा चढाएका छन् । कैदीले आफ्नो यौनाङ्ग काटेको जानकारी पाएसँगै जेल प्रशासनले तत्कालै उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएर उपचार भैरहेको छ । उनको अवस्था स्थिर रहेको बताइएको छ ।

हत्या तथा डकैतीको कसुरमा जेल सजाय काटिरहेका विष्णु सिंह नामका कैदीले गत मंगलबार आफ्नो लिङ्ग काटेर जेल परिसरभित्र रहेको मन्दिरमा चढाइदिएका थिए ।
आफूले आफ्नो यौनाङ्ग काटेर भगवानलाई चढाएको सपना देखेका कारण विपनामा समेत सोही काम गरेको उनले बताएका छन् ।

हरेक दिनजस्तै गत मंगलबार पनि बिहान स्नान गरी उनी जेल परिसरमा रहेको शिव मन्दिरमा पूजाका लागि गएका थिए । शिव मन्दिरमा पूजा गर्ने क्रममै उनले हवन गर्ने चम्चाको सहयोगले आफ्नो लिङ्ग काटिदिए । त्यस लगत्तै उनी बेहोस भए ।

उनलाई तत्कालै उद्धार गरेर अस्पताल लगियो । अस्पतालमा उपचारका क्रममा उनको होस आयो । होस आएस्रगै दिएको बयानमा उनले सोमबार राति आफ्नो सपनामा भगवान शिव आएको र लिङ्ग काटेर शिव मन्दिरमा चढाउन आफूलाई आदेश दिएको बताए ।

कैदीले लिङ्ग छिनालेर जेलभित्रकै मन्दिरमा चढाएको यो घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । एजेन्सीकेा सहयोगमा

चर्चामा

सम्बन्धित समाचार